यामाहाले नयाँ इलेक्ट्रिक स्कुटर नियो ई-०१ सार्वजनिक गरेको छ। यसकाे बिक्री छिट्टै सुरू गरिने कम्पनीले जनाएकाे छ।
सो इलेक्ट्रिक स्कुटरमा स्वापेबल ब्याट्री जडान गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने इलेक्ट्रिक स्कुटरको रेन्जको अझै खुलासा गरिएको छैन। सन् २०१९ टोकियो मोटर शो मा नियो ई-०२ सार्वजनिक गरिएको थियो । आगामी महिनामा बिक्रीमा जाने यामाहाको ई–स्कुटरहरूमध्ये यो पहिलो हुनेछ ।
यामाहा ई-०२ सार्वजनिक गरेपछि कम्पनीले छिट्टै ई-०१ को उत्पादनमा काम गर्नेछ। युरोपका सहरहरू मध्ये एकमा राइड–सेयरिङले फ्लिटको भागको रूपमा आफ्नो यात्रा सुरु गर्नेछ। यामाहा ई-०१ इ को, नर्मल र पावर गरि ३ वटा मोडमा उपलब्ध छन्।
सो इलेक्ट्रिक स्कुटर १२५ सीसी लगेज इलेक्ट्रिक स्कुटर हो। सो इलेक्ट्रिक स्कुटर सिंगल चार्जमा ७० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले दावी गरेको छ। युरोपेली सवारी नियमका अनुसार सो इलेक्ट्रिक स्कुटरले १५ एचपीको पावर जेनेरेट गर्छ।































प्रतिक्रिया