बलेफी हाइड्रोपावरको आईपीओ भर्नु भयाे ? आज अन्तिम दिन

बलेफी हाइड्रोपावरको आईपीओ भर्नु भयाे ? आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

बलेफी हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले गत माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ विक्री खुला गरेको थियाे। कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् १८ लाख २७ हजार ९७० कित्ता स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो ।

जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाको जुगल वडा नं २, ३, ४ का स्थानीयलाई छुट्याएको छ भने बाँकी रहेको ७ लाख ३१ हजार १८८ कित्ता शेयर आयोजनाका १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाँउपालिकाका वडा नं ५ र ७, बलेफी गाउँपालिका वडा नं १, ३, ६ र ८ तथा सुनकोशी गाउँपालिकाका वडा नं ७ का स्थानीयलाई छुट्याएको छ।

उक्त आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवदेन दिन सक्नेछन् । यस अघि पूर्ण आवेदन नपरेपछि पटक पटक समय थप गरिएकाे थियाे ।

आवेदकले कुमारी बैंकको जलवीरे शाखा, एनसीसी बैंकको ढाँडे शाखा र ग्लोबल आइएमई बैंकको चौतारा शाखा तथा लक्ष्मी बैंकको खाडीचौर शाखा चौतारा शाखाबाट आवेदन दिन सक्नेछन् । 

त्यसैगरी महालक्ष्मी विकास बैंकको खाडीचौर शाखा तथा लक्ष्मी र सिन्धु विकास बैंकको खाडीचौर, जलवीरे तथा लामोसाँघु शाखाबाट आवेदन दिन सक्नेछन् ।

Skip This
Skip This
Logo