साढे १२ अर्बको धान आयात

साढे १२ अर्बको धान आयात

केन्द्रबिन्दु
0
Shares

चालू आर्थिक वर्षको सात महिनामा १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ। 
  
सो अवधिमा बङ्गलादेशबाट १४ हजार मूल्य बराबर र भारतबाट तीन करोड २१ लाख ५२ हजार मूल्य बराबरका ११ लाख तीन केजी विभिन्न जातका धानका बीउ आयात भएको छ।  

केही वर्षदेखि लगातार चामल, धान र धानकाे बीउको आयात बढ्दै गएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। 

चालु आर्थिक वर्षको सात महिनामा भारतबाट ४२ करोड ५२ लाख ५७ हजार ७९१ केजी चामल बनाउन हुने धानको आयात भएको भन्सार विभागले जनाएको हाे।

Logo