रसुवामा आठ मेगावाटको जलविद्युत आयोजना निर्माण हुँदै

रसुवामा आठ मेगावाटको जलविद्युत आयोजना निर्माण हुँदै

केन्द्रबिन्दु
0
Shares

रसुवामा आठ मेगावाटको त्रिशूली खोला साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ। गोसाइँकुण्ड गाउँपालिकामा आठ मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको हो। हाइड्रो कन्सर्न प्रालिले सदरमुकाम धुन्चेस्थित मिनी गोसाइँकुण्डमा जलविद्युत आयोजना निर्माण गर्न लागेको हो।

आयोजनाको संरचना त्रिशूली नदीको बायाँतर्फ रहने छ। निकुञ्जको कोर क्षेत्रभित्र आयोजना निर्माण सकिने तर ५० प्रतिशत पानी छोड्नुपर्ने प्रावधान छ। यही प्रावधानअनुसार आयोजना निर्माण गर्न लागिएको कन्सर्नका प्रमुख हेमजंग गुरुङले बताए। निर्माण सुरु भएको ३० महिनामा उत्पादन सुरु हुने गरी काम गरिने उनले बताए। 

०७५ भदौमा अध्ययनको अनुमति पाएको संस्थाले प्रारम्भिक अध्ययनको काम सम्पन्न गरेको जनाएको छ। प्रतिवेदनअनुसार प्रतिमेगावाट उत्पादन लागत १८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको उनले बताए। 

लाङटाङ राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा आयोजना निर्माण हुने बताइएको छ। आयोजनाको अस्थायी तथा स्थायी संरचना निर्माणका लागि ४.१ हेक्टर जग्गा आवश्यक पर्ने उनले बताए । जसमध्ये १.५ हेक्टर स्थायी र २.६ हेक्टर अस्थायी रूपमा प्रयोग हुनेछ। प्रस्तावित आयोजनाका अनुसार वार्षिक ४७.३५८ गिगावट विद्युत् उत्पादन हुनेछ। 

Skip This
Skip This
Logo