तीव्र उतार चढावका बीच नेप्से ६.८१ अंकले घटेर कारोबार बन्द

तीव्र उतार चढावका बीच नेप्से ६.८१ अंकले घटेर कारोबार बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कारोबार सुरु भएसँगै ४१ अंकले बढेर २५०० सय विन्दु नाघेको नेप्से तीव्र उतार चढावका बीच ६.८१ अंकले घटेको छ ।

कारोबार सुरु भएको एक घण्टा नबित्दै शेयर बजार ११ बजेपछि घट्न सुरु भयो । पुनः १२ बजे अगावै उकालो चढ्न थालेको थियो । फेरि १२ बजेपछि बढ्ने क्रम रोकिएर घट्न शुरु भएको थियो । यसरी दिनभर घटबढको श्रृंखला चलेपछि कारोबारको अन्त्यमा ६.८१ अंकले बजार घटेर कारोबार बन्द भएको छ ।

शेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ८१ अंकले घटेर २ हजार ४ सय ६६ दशमलव ९२ अंकमा झरेको छ । आज कारोबार रकम ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४९६ रुपैयाँ भएको छ । कारोबारमा आएका १२ वटा उपसमूहहरु मध्ये ४ वटा उपसमूहको सूचक सकारात्मक देखिएका छन् । बाँकी ८ उपसमूहको सूचक नकारात्मक देखिएका छन् । जसमा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै २.२१ प्रतिशतले घटेको छ ।

आज २ करोड २० लाख ४० हजार ५१६ कित्ता शेयर ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४९६ रुपैयाँमा खरिद बिक्री भएको छ । स्वाभिमान लघुवित्तको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने उन्नति लघुवित्तको ९.९८ प्रतिशत, जनउत्थान सामुदायीक लघुवित्तको ९.९८ प्रतिशत र र महिला सामुदायिक लघुवित्तको ९.८१ प्रतिशतले बढेको छ ।

त्यस्तै पोखरा फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ७.८८ प्रतिशतले घटेको छ भने नारायणी डेभलपमेन्ट बैंकको ४.३९ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ३.८६ प्रतिशत, प्रोग्रेशिभ फाइनान्सको ३.५८ प्रतिशत घटेको छ ।

Logo