एक पटक चार्जमा ७०० किमी रेन्ज दिने औडीको इलेक्ट्रिक कार

एक पटक चार्जमा ७०० किमी रेन्ज दिने औडीको इलेक्ट्रिक कार


लक्जरी कार निर्माता कम्पनी औडीले कन्सेप्ट इलेक्ट्रिक कार औडी ए६ एभेन्ट ई–ट्रोन सार्वजनिक गरेको छ। सो इलेक्ट्रिक कारको उत्पादनपछि कम्पनी लक्जरी इलेक्ट्रिक कारको सेग्मेन्टमा प्रवेश गर्ने भएकाे छ।

कम्पनीले यो भन्दा पहिले औडी ए६ ई–ट्रोन कन्सेप्ट सार्वजनिक गरेको थियो, जसले फुल चार्जमा ६४३ किलोमिटरको ड्राइभिङ रेन्ज दिने दाबी गरेको थियो। अब भने औडी ए६ एभेन्ट ई–ट्रोन सार्वजनिक गरिएको हो।

कारमा कम्पनीले ब्रेक र पावरट्रेनलाई चिसो पार्न एयर इन्टेक पनि दिएको छ। नयाँ औडी ए६ एभेन्ट ई–ट्रोनको फ्रन्ट कम्पनीका अन्य ई–ट्रोन मोडलहरू जस्तै राखिएको छ। यसमा सिग्नेचर हेक्सागोनल फ्रन्ट ग्रिलसहितको बडी प्लेट दिइएको छ।

नयाँ औडी ए६ एभेन्ट ई–ट्रोनमा अग्लो छत र लामो फ्रन्ट ओभरह्याङ दिएको छ, जसमा लामो बडी प्रयोग गरिएको छ। साथै यसमा सिंगल फ्रेम ग्रिल दिइएको छ, जसमा फ्ल्याट हेडलाइट बेजेल देख्न सकिन्छ।

यसका साथै कारको फ्रन्ट ग्रिलको दुबै छेउमा म्याट्रिक्स एलईडी हेडलाइटहरू जडान गरिएको छ भने रियरमा एलईडी टेललाइटहरू जडान गरिएको छ। सो कारमा १०० केडब्ल्युएचको ब्याट्री प्याक प्रयोग गरिएको छ।

सो इलेक्ट्रिक कारले एकै पटक चार्जमा लगभग ७०० किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्ने दावी गरिएको छ। यसलाई २७० केडब्ल्यु पावर स्रोतबाट चार्ज गर्न सकिन्छ, जसले १० मिनेटको चार्जमा ३०० किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ। रिपोर्टका अनुसार सो इलेक्ट्रिक कार युरोपियन युनियन र अमेरिकामा मात्रै लन्च गरिने छ।

Logo