नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ। नयाँ वर्ष २०७९ लाई आधार मानेर ल्याइएको यो ज्याकपट अफरमा ग्राहकले सोही अंकलाई रकम मानेर त्यसलाई १ हजारले गुणान गर्दा प्राप्त हुने बरावरको रकम पुरस्कार पाइने बताइएको छ।
उक्त अफर अन्तर्गत यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले स्योर सटमा २०७९ लाई ४ ले गुणान गर्दा आउने रकम ८ हजार ३१६ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यसैगरी २०७९ लाई १०० ले गुणान गर्दा आउने रकम २ लाख ७ हजार ९ सय रुपैयाँसम्म हरेक दिन जित्न सकिनेछ।
बम्परमा एकजना भाग्यशाली बिजेताले २० लाख ७९ हजार नगद पुरस्कार पाउन सक्नेछन्। वम्परमा दिइने यो रकम २०७९ लाई १ हजारले गुणान गरि निकालिएको हो।
यी उपहारको अतिरिक्त ग्राहकले शून्य प्रतिशत व्याजदरमा न्यूनतम मासिक किस्ता भुक्तानी गरेर यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने बताइएको छ।





























प्रतिक्रिया