शेयर बजारमा दोहोरो अङ्ककाे गिरावट

शेयर बजारमा दोहोरो अङ्ककाे गिरावट

केन्द्रबिन्दु
0
Shares

शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि दोहोरो अङ्कले घटेको छ। आइतबार ४१ अङ्कले घटेको नेप्से आज सोमबार २९.९८ अङ्कले घट्दै २५४२.२८ बिन्दुमा आइपुगेको हो । 

सोमबार नेप्सेका १३ वटै उपसूचकमा गिरावट देखिएको छ। व्यापार समूह सबैभन्दा बढी २.४६ अङ्कले घटेको छ। यस्तै, फाइनान्स समूह २.३६ प्रतिशतले घटेको छ। जीवन बीमा समूह पनि २.३१ प्रतिशतले घटेको छ। 

बजार घटे पनि आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिशतका हिसाबले सबैभन्दा बढी कमाएका छन्। प्रतिकित्ता ९० रुपैयाँ १० पैसाले बढेर ९९१ रुपैयाँ ५० पैसा पुगेको यो कम्पनीको शेयरमा सकारात्मक सर्किट नै लागेकाे छ ।

आइसीएफसी फाइनान्स लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । याे कम्पनीको प्रतिकित्ता शेयरमूल्य ३१ रुपैयाँ ७० पैसाले घट्दै ६२६ रुपैयाँमा झरेको छ। 

Logo