काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु हुने हिमालयन हाइड्रो एक्स्पोको अवसरमा इलेक्ट्रिक भेहिकल र्याली आयोजना हुने भएको छ।
तीन दिनसम्म चल्ने उक्त एक्स्पोको पहिलो दिन मेलास्थल भृकुटीमण्डपदेखि नेपालको पहिलो हाइड्रोपावर रहेको स्थान फर्पिङसम्म उक्त र्याली आयोजना हुने आयोजक कम्पनी स्वतन्त्र उर्जा उत्पादन संघ र एक्स्पो एन्ड इभेन्टले जनाएको छ।
विहान ७ बजेदेखि सुरु हुने सो र्यालीमा इच्छुक सबै इलेक्ट्रिक कार र टु ह्विलर प्रयोगकर्ताले सहभागिता जनाउन सक्ने बताइएको छ। १ सयभन्दा बढी सहभागी रहने अपेक्षा गरिएको सो र्यालीको कुल दुरी १७ किलोमिटर रहनेछ। जसमध्ये ४ किलोमिटर अफरोड हुनेछ। र्यालीमा सहभागी हुन कुनै शुल्क लाग्ने छैन।
पेट्रोलियम पदार्थमाथिको परनिर्भरतालाई कम गर्दै स्वदेशमै उत्पादन हुने विजुलीको खपत बढाउने उद्देश्य अनुरुप स्वतन्त्र उर्जा उत्पादन संघ र एक्स्पो एन्ड इभेन्टले हरेक वर्ष हिमालयन हाइड्रो एक्स्पोको आयोजना गर्दै आइरहेको छ। यसपाली आयोजना हुन लागेको यो एक्स्पो तेस्रो हो।































प्रतिक्रिया