होन्डाले नयाँ माेडेलकाे स्कुटर ल्याउने, बजार मूल्य कति ?

होन्डाले नयाँ माेडेलकाे स्कुटर ल्याउने, बजार मूल्य कति ?

केन्द्रबिन्दु
0
Shares

होन्डाले भारतमा आफ्नो लोकप्रिय स्कुटर स्कुपी ११० को प्योटेन्ट दर्ता गरेको छ। यो स्कुटर छिट्टै भारतमा उत्पादन हुने र ११० सिसी सेग्मेन्टमा नयाँ बेन्चमार्क खडा गर्न सक्ने विश्वास लिइएको छ। इन्डोनेशिया लगायत अन्य एसियाली मुलुकमा बिक्री हुँदै आइरहेको यो स्कुटर फंकी रेट्रो डिजाइनका कारण लोकप्रिय बनेको छ ।

यो स्कुटरमा ठूलो साइजको गोलाकार एलइडी हेडल्याम्प, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लसस्टर, प्रेजेक्टर हेडल्याम्प, यूएसवी चार्जर, स्मार्ट कि सिस्टम र १५.४ लिटरको अन्डर सिट स्टोरेज लगायत फिचर्स दिइएको छ। यसमा दिइएको स्मार्ट कि सिस्टममा कलव्याक, कि लेश इग्निशन र एन्टि थेप्ट सिस्टम सामेल गरिएको छ।

१०९.५ सिसी क्षमताको इन्जिन जडान गरिएको यसको अधिकतम पावर ९ एचपी र टर्क ९.५ एनम रहेको छ। अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ। १२ इन्चको अलोई ह्विल जडान गरिएको यो स्कुटरको अगाडि चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक उपलब्ध छ। जुन होन्डाको कम्वी ब्रेकिङ सिस्टममा आधारित रहेको छ।

भारतमा ५ वर्ष अघि नै रोड टेष्ट गर्ने क्रममा देखा परेको यो स्कुटर लन्च भएपछि यसले यामाहा फेसिनोसँग प्रतिस्पर्धा गर्ने देखिन्छ। यो स्कुटरको अनुमानित मूल्य १ लाख ८ हजारदेखि १ लाख १२ हजार भारुसम्म पर्ने आँकलन गरिएको छ।

Logo