दराजको नयाँ वर्ष अभियान घोषणा, ‘नयाँ रहर नयाँ अफर’

दराजको नयाँ वर्ष अभियान घोषणा, ‘नयाँ रहर नयाँ अफर’

केन्द्रबिन्दु
0
Shares

अनलाइन बजार दराजले चैत २८ गतेदेखि नव वर्षको सेल ‘नयाँ रहर नयाँ अफर’ सुरु हुने घोषणा गरेको छ। नयाँ वर्षको अवसरलाई लिएर दराजले पाँच हजार रुपैयाँसम्मको भाउचर, विशेष अफरहरू, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा स्कुटर जित्ने अवसर रहेको जनाएको छ।

यस अभियानका लागि नेपाल बैंक र दराजबीच सम्झौता भएको छ। जसबाट नेपाल बैंकका कार्डवाहकहरूले डेबिट प्रिपेमेन्टमा १० प्रतिशत (अधिकतम एक हजार रुपैयाँ) र क्रेडिट कार्ड प्रिपेमेन्टमा १५ प्रतिशत (अधिकतम १५ सय रुपैयाँ)सम्म छुट पाइने जनाइएको छ।

यस्तै, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ बैंक र सांग्रिला बैंकका कार्डवाहकहरूले डेबिट कार्डमा १० प्रतिशत (एक हजार)सम्म छुट र क्रेडिट कार्ड अनलाइन प्रिपेमेन्टमा १५ प्रतिशत (१५०० सय)सम्म छुट पाउने जनाइएको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरूले अनलाइन प्रिपेमेन्टमा १५ सम्म छुट प्राप्त गर्न सक्नेछन्। यो अफर यही अप्रिल ११ देखि अप्रिल १५ सम्म मान्य हुने जनाइएको छ।

Logo