नबिल बैंकको नयाँ वर्ष अफरः क्यूआर मार्फत हुने कारोबारमा क्यासब्याक

नबिल बैंकको नयाँ वर्ष अफरः क्यूआर मार्फत हुने कारोबारमा क्यासब्याक

केन्द्रबिन्दु
0
Shares

नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ। नबिल बैंक लिमिटेड र संयुक्त राष्ट्र पूँजी विकास कोष को सहकार्यमा आधारित “क्यूआर-कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन” परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो। 

विशेषगरी कोभिड–१९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवा उद्यमीहरूको प्रवर्द्धन गर्ने उद्देश्यको साथ यो योजना सुरु गरिएको छ। यस परियोजनामा युवा भन्नाले संयुक्त राष्ट्र संघको परिभाषा अनुसार १८ देखि २४ वर्षको उमेर भएको युवा उद्यमी जसको स्वामित्वमा व्यवसाय भएको वा जसले प्रत्यक्षरुपमा व्यवसाय संचालन गरिरहेका छन्, उनीहरुलाई बुझ्नु पर्दछ। 

सुरुमा एक हप्ताको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेण्टले गर्ने क्यूआर एवं महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने क्यूआर कारोबारमा ५% वा अधिकतम प्रति कारोबार रु.२०० र प्रति दिन प्रति मर्चेन्ट अधिकतम रु.५०० सम्म क्यासब्याक प्रदान गरिनेछ। यो योजना २०७९ बैशाख १ गतेदेखि लागू हुनेछ। 

यस योजना मार्फत नबिल बैंकले ठूलो मात्रामा नयाँ महिला र युवा क्यूआर मर्चेन्टलाई बैकिङ्ग च्यानलमा भित्र्याउने, उनीहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरि दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको छ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १४६ शाखा, १८० एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समयानुकुल सेवा प्रदान गर्दै आएको छ। बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् डिजिटल सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ। यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम् आधुनिक डिजिटल बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ।

Skip This
Skip This
Logo