ग्याँसको प्रयोग कसरी गर्ने ? यस्ता छन् सावधानीका उपाय

ग्याँसको प्रयोग कसरी गर्ने ? यस्ता छन् सावधानीका उपाय

केन्द्रबिन्दु
0
Shares

अहिले दैनिक जनजीवनका लागि ग्याँसको उपयोग अति आवश्यक बनेको छ। ग्याँसको उपयोग शहरी क्षेत्रका लागि त अनिवार्य छँदैछ, ग्रामीण क्षेत्रमा पनि यसको प्रयोग बढिरहेको छ। 

पछिल्ला दिनहरुमा ग्याँसको प्रयोगले जनजीवनमा सहजता ल्याउनुका साथै विभिन्न खाले दुर्घटनाहरु पनि निम्तिने गरेका छन् । 

शहरी क्षेत्रमा भन्दा बढी ग्रामिण क्षेत्रमा अझैपनि उचित तरिकाले ग्याँसको प्रयोग गर्ने ज्ञान नहुँदा विभिन्न खाले घटनाहरु बढ्ने गरेका हुन् । 

हामीले यसपटक ग्याँसको प्रयोग गर्दा विशेष ध्यान दिनु पर्ने केही जानकारीहरु दिन गइरहेका छौं । 

कसरी गर्ने ग्याँसकाे प्रयाेग ?

  • ग्याँसको उपयोग गर्दा ग्याँस वा चुल्हो बालेर छोड्नु हुँदैन । 
  • प्रयोग गरिसकेपछि चुल्होका साथै रेगुलेटर बन्द गर्न विर्सनु हुँदैन । 
  • समय समयमा ग्याँसको पाइप सफा र फेरबदल गरिरहनु पर्छ । 
  • सील बन्द भएको ग्याँस सिलिण्डर मात्र खरिद गर्ने गर्नु पर्दछ । 
  • बालबालिकाहरुलाई ग्याँसबाट टाढै राख्नु पर्छ । 
  • सलाई, लाइटर जस्ता प्रज्वलनशील सामाग्रीहरु केटाकेटीको पहुँचभन्दा टाढा राख्नु पर्छ । 
  • शंकास्पद लागेका सिलिण्डर घरमा नल्याउने बानी गर्नु पर्छ । 

यदि ग्याँस लगातार लिक भइरहेको छ भने नजिकको ग्याँस विक्रेतासँग सम्पर्क गरि सिलिण्डर परिवर्तन गर्नु पर्छ। 

ज्योति शाह (प्रशिक्षार्थी पत्रकार )

Skip This
Skip This
Logo