एससीटी, स्मार्ट च्वाइस टेक्नोलोजीजले आफ्ना सेवाहरूमा सुधारको घोषणासहित नयाँ लोगो सार्वजनिक गरेको छ । आज एससिटीले आफ्ना सेवालाई अझ विस्तृत गर्दै पहिलोपटक नयाँ इन्टग्रेटेड शेयर्ड स्विचिङ पेमेन्ट नेटवर्क र डोमेस्टिक प्रोपाइटरी कार्ड बजारमा ल्याएको हो।
दोहोरो इन्टरफेस (सम्पर्कसहित र सम्पर्कविहीन) देखि लिएर डेबिट र प्रिपेड कार्ड (घरेलु र अन्तर्राष्ट्रिय), एटीएम र पीओएसको परस्पर सम्बन्ध, बिएफआइहरूबीचको अन्तरसञ्चालन, अन्तर्राष्ट्रिय योजनाहरूको गेटवे, क्यूआरसी भुक्तानी प्लेटफर्म र यसमार्फत् वित्तीय प्रविधिको पूर्ण समाधानसम्मका भुक्तानी सेवाहरू प्रवाह गर्दै आएको एससिटीले इन्टग्रेटेड शेयर्ड स्विचिङ पेमेन्ट नेटवर्क र डोमेस्टिक प्रोपाइटरी कार्ड ल्याएको विज्ञप्ती जारी गरी जानकारी दिएको हो ।
'हामीले हाम्रो पोर्टफोलियोमा थपेका हाम्रो नयाँ सेवाहरू अगाडि ल्याउन पाउँदा हामी उत्साहित छौं । नेपाललाई डिजिटल भुक्तानीमा विश्वभर उत्कृष्ट प्रविधिमा आधारित बन्न मद्दत पुर्याउने कम्पनीको भिजनलाई नयाँ लोगोले सङ्केत गर्छ । क्यान इन्फोटेक प्रविधिको क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि आयोजना गरिँदै आइरहेको ‘इभेन्टमा’ हाम्रो लोगो र सेवाहरू सार्वजनिक गर्नु यस इभेन्टभन्दा उचीत अवसर अरू कुनै हुन सक्दैन,' सीईओ नारायणप्रकाश भुजु भन्छन् ।
सन् २००१ मा स्थापित, एससिटी र एसिटी–नेटवर्क को रुपमा चिनिन्ने स्मार्ट च्वाइस टोक्नोलोजी लिमिटेड, नेपाल राष्ट्रिय बैंकअन्तर्गत लाइसेन्स प्राप्त भुक्तानी सेवा अपरेटर (पिएसओ) हो । एससिटीले नेपालका अधिकांश वाणिज्य बैंकहरू, विकास बैंकहरू, पिएसपि (पेमेण्ट सर्भिस प्रोभाइडर) र अन्य वित्तीय संस्थाहरूलाई विभिन्न कार्डहरू र भुक्तानी प्लेटफर्महरू उपलब्ध गराउँछ । नेपालबाट सञ्चालित यस कम्पनीले ‘क’ वर्गका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थालाई विभिन्न प्रकारका कार्ड र भुक्तानी प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।





























प्रतिक्रिया