समयमा युरिया मल नल्याउने कम्पनीलाई क्षतिपुर्ति भराउनुपर्ने माग गर्दै कृषिमन्त्रीलाई ज्ञापनपत्र

समयमा युरिया मल नल्याउने कम्पनीलाई क्षतिपुर्ति भराउनुपर्ने माग गर्दै कृषिमन्त्रीलाई ज्ञापनपत्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सम्झौता गरी समयमा मल नल्याउने ठेकेदारहरुबाट क्षतिपूर्ति भराउनुपर्ने माग राख्दै सामाजिक अभियन्ताहरुले कृषि मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पुगेर अभियन्ताहरु जगत भुसाल र द्वारिका ढुंगेलले ठेकेदारहरुकै कारण किसानहरुले मल नपाएर सास्ती खेप्नुपरेको भन्दै घनश्याम भुसाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

ठेक्का लिएर तोकिएको समयसम्म मल नल्याएका कम्पनीलाई कालोसूचीमा राखेर मात्रै नहुने भन्दै उनीहरुले क्षतिपूर्ति पनि भराउनुपर्ने माग गरेका छन् । मन्त्रीलाई भेटेपछि संक्षिप्त प्रतिकृया दिँदै अभियन्ता ढुंगेलले मल नल्याउने कम्पनीलाई कालोसूचीमा राखेर मात्रै नहुने भएकाले त्यसबाट जनता र राष्ट्रलाई परेको क्षति पनि भराउनुपर्ने माग राखिएको बताए । विगत लामो समयदेखि नेपाली किसानहरुले मलको अभाव भोगिरहेको सन्दर्भमा नेपालमा किन मल उत्पादन सुरु हुन सकेन ? किसानहरुले कहिले समयमा मल पाउँछन् ? भन्ने विषयमा पनि कृषिमन्त्री भुसालको ध्यानाकर्षण गराइएको उनको भनाइ छ ।

त्यस्तै ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले मल नल्याउने ठेकेदार कम्पनीहरुलाई थप कारवाहीको प्रकृया अगाडि बढेको जानकारी गराएका थिए । सरकारले भदौ २० सम्म मल ल्याउने गरी गत पुसमा ठेक्का गरेको भएपनि समयमै मल नआउँदा किसानहरु मारमा परेका छन् । सम्झौता गरेका शैलुङ कन्स्ट्रक्सन कम्पनी र होविको मल्टिपल कम्पनीलाई सरकारले समयमै मल नल्याएपछि कारवाहीको तयारी गरेको छ ।

Skip This
Skip This
Logo