शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने १ अर्ब ३२ करोडमै सीमित

शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने १ अर्ब ३२ करोडमै सीमित


कारोबार हुने साताको पहिलो दिन आइतबार (आज) शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। केही दिनदेखि निरन्तर ओरालो लागेको बजार आज सकारात्मक देखिएको हो । शुक्रबार ३७ दशमलव शून्य ६ अंकले घटेको बजार आज भने १७ दशमलव ९५ अंकले बढेर २ हजार २५६ दशमलव ५७ विन्दुमा पुगेको छ ।

आइतबार २३३ वटा धितोपत्रको ३३ लाख ४१ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ३२ करोड ६४ लाख २१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

आइतबार १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी फाइनान्स समूहको ३ दशमलव ३५ प्रतिशतले बढेको हो ।

त्यस्तै, आज पनि जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा नागरिक लगानी कोषको ७ करोड ५३ लाख ५९ हजार ४५५ रुपैयाँ बराबरकोे शेयर खरिद बिक्री भयो ।  

Logo