नेपाली बजारमा पामाकेयरका ह्याण्डवास

नेपाली बजारमा पामाकेयरका ह्याण्डवास

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पामाकेयरले ह्यान्डवास बजारमा ल्याएको छ । आइएसओ ९००१/२०१५ प्रमाणित यो कम्पनीले विभिन्न फ्लेवरका ह्यान्डवास बजारमा ल्याएको हो ।

कम्पनीका सञ्चालक महेशकुमार चौधरीका अनुसार कोरोना संक्रमण रोकथामका लागि आवश्यक स्यानिटाइजर, ह्यान्डवास, साबुन, मास्क जस्ता वस्तुको भूमिका प्रभावकारी हुने भएकाले पामाकेयरले यस्ता सामानहरु बजारमा ल्याएको हो ।

यस अघि जिएमपी प्रमाणित प्लान्टमा स्यानिटाइजर लगायत सरसफाइसँग सम्बन्धित वस्तु उत्पादन गरी बिक्री वितरण गरिरहेको यस कम्पनीले आफूले कोरोना महामारीबीच ह्यान्डवास उत्पादन सुरु गरेको जनाएको छ ।

कम्पनीले यस अघि नै पामाकेयर ब्रान्डमा स्यानिटाइजर उत्पादन गरी बजारमा उपलब्ध गराइसकेको छ । चौधरीका अनुसार पामाकेयरका ह्यान्डवास विभिन्न फ्लेवरमा उपलब्ध छन् ।

लेभेन्डर एन्ड वाटर लिली, लेमन एन्ड मेन्डेरियन, टिट्री एन्ड एप्पल फ्लेवरका ह्यान्डवास बजारमा ल्याइएको हो । तत्काल २५० मिलिलिटरको पम्पसहितको प्याकमा उपलब्ध ह्यान्डवासको मूल्य १५२ रुपैयाँ तोकिएको छ । रिफिल प्याकको हकमा एक लिटरको प्याक बजारमा पठाइएको कम्पनीले जनाएको छ।

विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विज्ञहरुले यसको प्रयोगमा जोड दिइरहेको सन्दर्भमा कम्पनीले सुपथ मूल्यमा सर्वसाधारणका लागि गुणस्तरीय ह्यान्डवास उत्पादन सुरु गरेको कम्पनिले जनाएको छ ।

Logo