पानी नपर्दा कर्णालीका पहाडी क्षेत्रमा मकै रोप्‍न समस्या, किसान चिन्तित

पानी नपर्दा कर्णालीका पहाडी क्षेत्रमा मकै रोप्‍न समस्या, किसान चिन्तित

केन्द्रबिन्दु
0
Shares

समयमै पानी नपर्दा कर्णाली प्रदेशका पहाडी क्षेत्रका किसान समस्यामा परेका छन्। पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसानले मकै राेप्‍न पाएका छैनन्। यहाँका किसानले आकाशे पानीकाे भरमा खेती गर्दै आएका छन्।

काठमाडाैं उपत्यकासहित अन्य पहाडी क्षेत्रमा दिनहुँजस्ताे वर्षा भइरहे पनि कर्णालीका पहाडी क्षेत्रमा भने वर्षा हुन सकेकाे छैन।

नलगाड-८ का किसान शेरबहादुर खत्रीले वैशाखभित्र मकै राेपिसक्नु पर्ने भए पनि वर्षा नहुँदा ढिलाे भएकाे बताए ।

यहाँका किसानले धानकाे बीउ राख्‍न सुरु गरे पनि सिंचाइकाे अभाव रहेकाे छ। वर्षा हुन नसकेकाे र सिंचाइकाे सुविधा नभएकाले धानकाे बीउ राख्‍न पनि समस्या भइरहेकाे उनले बताए।

Logo