कोरोना जितिन् कांग्रेस केन्द्रीय सदस्य उपाध्यायले

कोरोना जितिन् कांग्रेस केन्द्रीय सदस्य उपाध्यायले


काठमाडौं ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले कोरोना जितेकी छिन् ।

उनले आज कोरोना जितेकी हुन् । आज स्टार हस्पिटलमा गरेको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिएकी छिन् ।

साथै उनले आफूलाई विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्ने सबैमा धन्यवाद र आभार व्यक्त गरेकी छिन् ।

उपाध्यायलाई साउन २७ गते कोरोना देखिएको थियो । त्यस यता उनी होम आइसोलेसनमा रहेकी थिईन ।

Logo