उखु किसानलाई ८१ करोड अनुदान उपलब्ध गराइने

उखु किसानलाई ८१ करोड अनुदान उपलब्ध गराइने

केन्द्रबिन्दु
0
Shares

सरकारले उखु किसानलाई ८१ करोड रूपैयाँ उपलब्ध गराउने भएको छ। उखु किसानलाई अनुदान उपलब्ध गराउन सरकारले ८१ करोड रुपैयाँ बजेट बिनियोजन गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

अर्थमन्त्री शर्माले उखु किसानलाई सरकारले उपलब्ध गराउने अनुदान रकम उखु क्रसिङ गरेकै वर्ष उपलब्ध गराइने बताए । साथै उखुको जातिय विकास गर्न उखु अनुसन्धान कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गरिने बताउदै उनले भने, 'चिनी उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन उखु बालीका अतिरिक्त सुगर बिड्स समेतको उत्पादन गर्न कार्यक्रम सञ्चालन गरिनेछ।'

Skip This
Skip This
Logo