बिहीबार (आज) शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।
२ हप्तासम्म निरन्तर ओरालो लागेको बजार बुधबार ६० दशमलव २२ अंकले बढेको बजार आज १७ दशमलव ५८ अंकले घटेर २ हजार ६२ विन्दुमा झरेको हो।
बिहीबार २२९ वटा धितोपत्रको ४१ लाख ५६ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
बिहीबार १३ वटै समूहको परिसूचक राताम्मे भएको छ। सबैभन्दा बढि फाइनान्स समूहको परिसूचक २ दशमलव ३१ प्रतिशतले घटेको हो।
कारोबार रकमको आधारमा कुमारी बैंकको सर्वाधिक ६ करोड ७४ लाख भन्दा बढीको शेयर खरिद बिक्री भयो।





























प्रतिक्रिया