पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्याे, अब पेट्रोलकाे भाउ प्रतिलिटर १७८ रूपैयाँ

पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्याे, अब पेट्रोलकाे भाउ प्रतिलिटर १७८ रूपैयाँ

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बिहीबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको हो।

निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १७८ र डिजेल र मट्टितेलको १६५ रुपैयाँ पर्नेछ। खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो। 

Logo