‘नाडा अटो शो’को स्टल रजिष्ट्रेसन दुई दिनमै सकियो

‘नाडा अटो शो’को स्टल रजिष्ट्रेसन दुई दिनमै सकियो

केन्द्रबिन्दु
0
Shares

चार दिनका लागि खुल्ला गरिएको ‘नाडा अटो शो-२०२२’ को स्टल रजिष्ट्रेसन दुई दिनमै सकिएको छ ।

कोभिड-१९ को संक्रमणका कारण दुई वर्ष रोकिएर आगामी भदौमा हुन लागेको नाडा अटो शोमा अटोमोवाइलसँग सम्बद्ध कम्पनीको आकर्षणका कारण चार दिनका लागि खोलिएको रजिष्ट्रेसन दुई दिनमै सकिएको हो । 

नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले यो वर्षको नाडा अटो शो आगामी भदौ ७ देखि १२ गतेसम्म आयोजना गर्दैछ । त्यसका लागि स्टल बुकिङको रजिष्ट्रेसन खुल्ला गरिएको थियो । बिहीबार  असार २ गते स्टलका लागि आवेदन दिएका कम्पनीहरुमाझ गोलप्रथा गरिएको थियो ।

सोही आधारमा कम्पनीहरुलाई स्टलको छनौट र बाँडफाँड गरिएको नाडाले जानकारी दिएको छ । विगतका संस्करणहरुभन्दा पृथक यस वर्ष कमर्शियल भेहिकलहरुको सहभागिता रहनुका साथै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै दुई पाँग्रे इलेक्ट्रिक पेभिलियन समेत राखिएको छ ।

Skip This
Skip This
Logo