यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको  छ । आज अमेरिकी डलर एकको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ८५ पैसा र बिक्रीदर १३१  रुपैयाँ ४८ पैसा छ । 

अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ३७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ७९ पैसा र क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९६ रुपैयाँ १२ पैसा रहेको छ । यसैगरी चिनियाँ युआन एकको खरिदमूल्य १८ रुपैयाँ ५५ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ६४ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीमा ९ रुपैयाँ २८ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३३ रुपैयाँ २१ पैसा र बिक्रीमूल्य ३३ रुपैयाँ ३७ पैसा र कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ३८ पैसा रहेको छ ।

Skip This
Logo