नयाँ वर्षको मोटरसाइकल तथा स्कुटर खरिद गर्ने अफर २ दिनमा सकिदै

नयाँ वर्षको मोटरसाइकल तथा स्कुटर खरिद गर्ने अफर २ दिनमा सकिदै


हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले ल्याएको नयाँ वर्ष २०७९ को अफर २ दिनपछि समाप्त हुँदैछ । नयाँ वर्ष अफर यसै हप्ताको बिहिवारदेखी सकिन लागेको हो ।

‘नयाँ वर्ष आयो हिरोको अफर पायो’ ट्यागलाइनमा उपलब्ध अफर अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा पक्का डिस्काउन्ट देखि बम्पर सम्मको अफर उपलब्ध छन् । यस अन्तर्गत कुनैपनि नयाँ बाइक वा स्कुटर किन्दा स्क्र्याच कार्ड पाइने र त्यसबाट १ लाख रुपैयाँ सम्मको छुट उपलब्ध हुनेछ । त्यसैगरी बम्पर पुरस्कारको रुपमा १ लाख रुपैयाँ उपलब्ध हुनेछ ।

हिरोले शून्य प्रतिशत ब्याजदरमा बाइक र स्कुटर लिन सकिने व्यवस्था गरेको छ । त्यसैगरी पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ बाइक वा स्कुटर एक्सचेन्ज गर्न सकिने सुविधा समेत उपलब्ध छ ।

Logo