नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाद्वारा पदभार ग्रहण

नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाद्वारा पदभार ग्रहण

केन्द्रबिन्दु
0
Shares

नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले शुक्रबारदेखि आफ्नो कार्यभार समालेका छन् । नबिल बैंक लिमिटेडकोे मिति २०७९/०३/१६ गते सम्पन्न संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुङ्गानालाई नियुक्त गरेको थियो ।

बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव लिएका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुखकार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व  गरेका थिए ।  । यसबाहेक उहाँले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धकतथा नेपाल राष्ट्र बैंकको निर्देशकपदमा समेत रहेका थिए ।  ।

भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथावित्तिय विष्लेषणमा स्नातकोत्तर को अध्ययन पूरा गर्नुभएका ढुङ्गाना सन् २०१३ मा नेपालव्यवस्थापन संघ (Management Association Nepal)द्वारा Manager To Watch  र सन् २०१५ मा Manager of the Year विधामा पुरस्कृत  थिए ।

कार्यकारी अधिकृत ढुङ्गाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन भएका  थियो । कुशलर सक्षम नेतृत्वमाआगामीदिनमा समेत नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ ।

 

Skip This
Skip This
Logo