सेयर बजारमा उच्च अंकको वृद्धि, २ अर्ब ४८ करोडको कारोबार

सेयर बजारमा उच्च अंकको वृद्धि, २ अर्ब ४८ करोडको कारोबार

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च अंकले वृद्धि भएको छ ।  शुक्रबार ८ दशमलव ८७ अंकले घटेको बजार आज ५७ दशमलव ६१ अंकले बढेर २ हजार ८६ दशमलव ३८ विन्दुमा पुगेको हो ।  

आइतबार २३१ वटा धितोपत्रको ६२ लाख २७ हजार ६९२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

आइतबार १३ वटै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढि व्यापार समूहको ९ दशमलव ३ प्रतिशतले बढेको हो । 

आइतबार ७ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने  कारोबार रकमको आधारमा न्यादी ग्रुप पावरको सर्वाधिक २२ करोड २८ लाख ६९ हजार ८८९ रुपैयाँ बराबरको सेयर खरिद विक्री भयो ।

Skip This
Skip This
Logo