सांसदहरुलाई वैदेशीक लगानीका विषयमा दिक्षित गर्नुपर्छः पूर्वगभर्नर क्षेत्री

सांसदहरुलाई वैदेशीक लगानीका विषयमा दिक्षित गर्नुपर्छः पूर्वगभर्नर क्षेत्री

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सांसदहरुलाई वैदेशीक लगानीका विषयमा दिक्षित गर्नुपर्ने बताएका छन ।

आईतवार संसद भवनमा आर्थिक कुटनीति प्रवद्र्धनमा सांसदको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले सांसदहरुलाई वैदेशीक लगानीका विषयमा दिक्षित गर्नसके मुलुकले लक्ष्य निर्धारण अनुसार वैदेशीक स्रोत र साधन परिचालन गर्न सक्ने दाबी गरेका हुन । पूर्वगभर्नर क्षेत्रीले एमसीसी नेपालमा कार्यान्वयन गर्ने विषयमा सबैसँग एमसीसी लागू गर्ने शर्तका विषयमा जानकारी नहुँदा अन्तरबिरोध भएको बताए ।
उनले गरिवी निवारणको लागि सरकार इमान्दार नभएसम्म सधैँ विदशीको आश गर्नुपर्ने अवस्था रहने बताए ।

पूर्वगभर्नर क्षेत्रीले मुलुक र जनतालाई केन्द्रबिन्दुमा राखेर सांसददेखि जनता सबैले योगदान गरे देश बिस्तारै आत्मनिर्भर हुने बताए । क्षेत्रीले सरकार इमान्दार भएर आत्मनिर्भर बनेपछि मात्रै विदेशीहरु नेपालमा अवसर खोज्दै आउने दाबी गरे ।
 
 

Logo