२७ साउन २०७९ शुक्रबार
1
1
1
1

भैरहवामा ठूलो हवाई इन्धन डिपो बनाउँदै निगम

1
1
1
1
1

काठमाडौँ,

नेपाल आयल निगमले भैरहवामा अहिलेसम्मकै सबैभन्दा ठूलो एक करोड लिटर (१० हजार किलोलिटर) क्षमताको हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर अहिलेसम्मकै ठूलो हवाई इन्धन डिपो निर्माण गर्न लागेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल (टिआइए) सहित निगमका मुलुकभरका सात डिपोमा अहिले करिब ८५ लाख लिटर हवाई इन्धन भण्डारण गर्ने क्षमता छ । टिआइएमा मात्र ७७ लाख १० हजार लिटर क्षमता छ ।

टिआइएमा जग्गा अभावले भण्डारण क्षमता विस्तार गर्न कठिन भएपछि निगमले भैरहवामा उच्च क्षमताको डिपो बनाउने तयारी गरेको हो । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार भैरहवा विमानस्थल निर्माण सम्पन्न भएपछि विमानको चाप बढ्ने अनुमानले अत्याधुनिक डिपो निर्माण गर्न लागिएको हो ।

‘भैरहवामा १० हजार किलोलिटर एटिएफ स्टक राख्ने क्षमताको बनाउँछौं,’ पौडेलले भने, ‘अन्तर्राष्ट्रिय उडानलाई समेत लक्ष्य गरेर डिपो निर्माण गर्न लागेका हौं ।’ डिपो निर्माणमा करिब दुई अर्ब रुपैयाँ लाग्ने कार्यकारी निर्देशक पौडेलले बताए । ‘डिजाइन इस्टिमेटको काम भइरहेको छ,’ पौडेलले भने ।

यसैगरी, निगमले झापाको भद्रपुरमा पनि १५ लाख लिटर (१५ सय किलोलिटर) को डिपो निर्माण गर्ने योजना बनाएको छ। ७५० किलोलिटर दुईवटा ट्यांक निर्माण गर्ने तयारी छ । विराटनगरमा सात लाख ६० हजार लिटरको डिपो निर्माण गर्ने योजना छ ।

निगमसँग हाल कुल ८ हजार ४९५ किलोलिटर हवाई इन्धन भण्डारण गर्ने क्षमता छ । काठमाडौंमा ७ हजार ७१० किलोलिटर, विराटनगरमा दुई सय ८० किलोलिटर, नेपालगन्जमा दुई सय ८० किलोलिटर, भैरहवामा ५६ किलोलिटर, पोखरामा ६४ किलोलिटर, सुर्खेतमा ६० किलोलिटर र धनगढीमा ४५ किलोलिटर हवाई इन्धन भण्डारण क्षमता छ ।
नागरिकबाट

प्रकाशित: १८ असार २०७६ ०८:३४ बुधबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी