सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घट्यो

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९४ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार १७० तोकिएको महासङ्घले जनाएको छ।

Logo