कारोवार हुने साताको अन्तिम दिन शुक्रवार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले घटेको छ । बिहीवार ५ दशमलव ८७ अंकले घटेको नेप्से शुक्रवार २७ दशमलव २६ अंकले घटेर २ हजार १७ दशमलव ४६ विन्दुमा झरेको हो ।
शुक्रवार २१५ वटा धितोपत्रको ३३ लाख २० हजार कित्ता सेयर १ अर्ब ४४ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्चेञ्जले जनाएको छ ।
शुक्रवार १३ वटै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूहको २ दशमलव ४८ प्रतिशतले घटेको हो ।
त्यस्तै, किसन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर ८ दशमलव ४१ प्रतिशतले बढेको छ भने कारोबार रकमको आधारमा आज पनि सबैभन्दा बढी शिवम् सिमेन्टको २१ करोडभन्दा बढीको सेयर कारोबार भयो ।































प्रतिक्रिया