नेपालले एकै वर्षमा गर्‍याे १९ खर्ब २० अर्बभन्दा बढीको वस्तु आयात

नेपालले एकै वर्षमा गर्‍याे १९ खर्ब २० अर्बभन्दा बढीको वस्तु आयात


नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट १९ खर्ब २० अर्बभन्दा बढीको वस्तुहरू आयात गरेको छ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त रकम बराबरको वस्तु आयात गरेको भन्सार विभागले जनाएको छ।

सो अवधिमा नेपालले कुल १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँको वस्तुहरू विभिन्न देशबाट निर्यात गरेको विभागको तथ्यांकले देखाउँछ।

अघिल्लो आव २०७७/७८ को तुलनामा गत आव २०७८/७९ मा नेपालको आयात व्यापार २४.७२ प्रतिशतले बढेको छ। अघिल्लो आवमा नेपालले विभिन्न देशबाट १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रुपैयाँको वस्तुहरू आयात गरेको थियो।

अघिल्लो वर्षभन्दा गत वर्ष नेपालले ३ खर्ब ८० अर्ब ६१ करोड १२ लाख ८१ हजार रुपैयाँ बढीको वस्तु आयात गरेको देखिन्छ।

Logo