नेपालमा विद्युतीय गाडी आयात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८÷७९ को वार्षिक तथ्याङ्कअनुसार एक वर्षमा मात्रै ५ अर्ब बढीको विद्युतीय सवारी आयात भएको हो ।
विभागका अनुसार गत आवमा विश्वका विभिन्न देशहरुबाट ५ अर्ब ३२ करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको विद्युतीय गाडी नेपाल भित्रिएको हो । गत वर्षको साउन महिनादेखि यस वर्षको असार मसान्तसम्ममा विभिन्न तौल क्षमताका १ हजार ८०७ वटा विद्युतीय कार,जीप र भ्यान नेपाल भित्रिएको विभागले जनाएको छ ।
नेपालमा चीन, भारत, अमेरिका, जापान, कोरिया, फ्रान्सबाट विद्युतीय सवारीहरु आयात हुने गरेको छ । विद्युतीय सवारी आयातबाट सरकारले १ अर्ब ४३ करोड ९२ लाख ३ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।
विभागका अनुसार गत आवको असार मसान्तसम्ममा सबैभन्दा बढी चीनबाट २ अर्ब ४५ करोड १ लाख ३० हजार रुपैयाँ बराबरको विद्युतीय कार, जीप र भ्यान आयात भएको छ । यस्तै, सोही अवधिमा भारतबाट १ अर्ब ७३ करोड ३५ लाख ५९ हजार रुपैयाँ बराबरको विद्युतीय गाडी नेपाल भित्रिएको छ ।





























प्रतिक्रिया