नेपाली बजारमा लगातार रुपमा भित्रिर्दै नयाँ इलेक्ट्रिक बाइक ईट्रिस्ट

नेपाली बजारमा लगातार रुपमा भित्रिर्दै नयाँ इलेक्ट्रिक बाइक ईट्रिस्ट


पछिल्लो समयमा नयाँ ब्रान्डका इलेक्ट्रिक बाइक समेत लगातार रुपमा नेपाल भित्रिरहेका छन् । नेपाल भित्रिरहेका मध्ये भारतीय कम्पनी प्योर ईभीको इलेक्ट्रिक बाइक ईट्रिस्ट पनि एक हो ।

हाल देशभर रहेका १५ डिलरमार्फत सो बाइक बुकिङ गर्न सकिने नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले जनाएको छ । त्यसैगरी पहिलो चरणमा १०० युनिट बाइक मात्र उपलब्ध हुने र पहिले बुकिङ गर्नेलाई बाइक उपलब्ध गराउने कम्पनीको भनाइ छ । 

काठमाडौं उपत्यकाको नक्साल, टेकु, महारागजन्ज र गावहाल तथा उपत्यका वाहिर नारायणघाट, टाँडी, कावासोती, बर्दिबास, गौशाला, जनकपुर, पोखरा, बुटवल, दमक, विर्तामोड, इटहरी, सुर्खेत र दाङमा सो बाइक बुकिङ गर्न सकिन्छ ।

यो मोटरसाइकललाई ड्राइभ, क्रसओभर र थ्रील गरी ३ फरक मोडमा चलाउन सकिन्छ । १६ डिग्रीसम्मको उकालो चढ्न सक्ने यसको ग्राउन्ड क्लियरेन्स १९८ एमएम रहेको छ ।

प्योर इभीले यसमा ३.५ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री प्याक र ३.० विएलडिसी मोटर हव जडान गरेको छ । जसको अधिकतम पावर ४.० किलोवाट, टर्क ६० एनएम र टप स्पिड ८५ किलोमिटर रहने जनाइएको छ । ८४ भोल्टको चार्जरले ६ घन्टामा फुल चार्ज गर्न सकिने यो मोटरसाइकलले १४० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ ।

यो मोटरसाइकललाई ड्राइभ, क्रसओभर र थ्रील गरी ३ फरक मोडमा चलाउन सकिन्छ । १६ डिग्रीसम्मको उकालो चढ्न सक्ने यसको ग्राउन्ड क्लियरेन्स १९८ एमएम रहेको छ ।

Logo