प्रभु लाईफ इन्स्योरेन्स लिमिटेको ‘विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ सम्पन्न भएको छ । पोखरामा साउन १९ देखि २३ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरु र शाखा उपशाखा कार्यालयका कर्मचारीहरुलाई सम्मान गरिएको छ ।
विजनेस कन्फरेन्स कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । कार्यक्रममा आगामी दिनका लागि कम्पनीको व्यवसायिक रणनीति तथा अवलम्वन गरिने मार्गदर्शन निर्माण गरिनुका साथै विभिन्न मोटिभेशन र मनोरन्जनात्मक कार्यक्रम गरिएको थियो ।
सम्मेलनमा देशभरि रहेका उत्कृष्ट अभिकर्ता, प्रदेश कार्यालय प्रमुख, शाखा तथा उपशाखा कार्यालयलगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु लाईफका संचालक समिति अध्यक्ष सुभाष अमात्यले छोटो समयमा प्राप्त सफलताहरुले हाम्रो आगामी यात्राको लक्ष्य निर्धारण गर्ने छ भनि शुभकामना व्यक्त गरे ।
त्यस्तै सम्बोधनकै क्रममा प्रभु लाईफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईल सबैको अथक मिहेनत एवं प्रयासले गत आर्थिक वर्ष २०७८/७९ को लक्ष्य भेटाउन सफल भएकोमा सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरे । उनले थपे , ‘दृढ संकल्प र मिहेनतले नै यो उचाइमा पुग्न सफल भएका हौं । आगामी दिनमा यो उचाइको बृद्धिदरलाई कायम राख्ने दृढ बिश्वास समेत गर्दछु ।’





























प्रतिक्रिया