रोयल इन्फिल्डले आगामी दिनमा बजारमा ल्याउने तयारी गरिरहेको बाइक हिमालयन ४५० फेरि टेस्टिङको क्रममा देखिएको छ ।
युकेको पेट्रोल स्टेशनमा देखिएको सो बाइक यस पटक कुनै क्यामोफ्ल्याग विनै देखिएको छ र लगभग प्रोडक्सन रेडी जस्तै देखिन्छ । स्पाई सटका अनुसार पहिले नै सो एड्भेन्चर बाइकको वारेमा आएका केही समाचार सत्य भएको पुष्टि गरेको छ ।
यसको फ्रन्टमा अपसाइड डाउन फ्रन्ट फोर्क्स हुनेछ भने रियरमा मोनोसक हुनेछ । त्यसैगरी यसको फ्रन्टमा करिव २१ इन्च र रियरमा १७ इन्चको वायर स्पोक ह्विल हुनेछ । मोनोसक लामो भएकाले यसको सिटको उचाई पनि केही कम हुनेछ ।
यसको सिलिन्डर हेड भन्दा ठिक अगाडि एउटा रेडिएटर पनि देखिन्छ । यसका आधारमा अन्य रोयल इन्फिल्ड बाइक जस्तै यसमा पनि लिक्विड–कुल्ड इन्जिन हुने अनुमान गर्न सकिन्छ । तस्बिरमा एउटा ठूलो भर्टिकल तरिकाको इन्स्ट्रयुमेन्ट क्लस्टर देख्न सकिन्छ ।
हाल बजारमा उपलब्ध हिमालयन ४११ को तुलनामा ४५० मा ठूलो इन्धन ट्यांकी हुनेछ । त्यसैगरी एक्जस्ट इन्ड क्यान र फरक खालको टेल सेक्सन हुनेछ । डिजाइन भने धेरै फरक देखिदैन । हिमालयन ४५० ड्युअल च्यानल एबीएस, सबैतिर एलईडी लाइटिङ र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर हुनेछ । यद्यपि यो बाइक अर्को वर्ष मात्र बजारमा उपलब्ध हुने अनुमान गरिएको छ । नेपाली बजारमा पनि यो बाइक त्यसपछि मात्र उपलब्ध हुनेछ ।





























प्रतिक्रिया