भारतबाट पेट्रोलयम पदार्थको भाउ घटेर आयो

भारतबाट पेट्रोलयम पदार्थको भाउ घटेर आयो


उच्च बिन्दुमा पुगेको पेट्रोलियम पदार्थको भाउ भारतबाट लगातार तेस्रो पटक घटेर आएको छ । 

नेपाल आयल निगमका अनुसार मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको हो ।

यसअघि साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो भने, त्यसअघि साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाा ७६ पैसा र डिजेल १६ रुपैयाा ५६ पैसा घटेर आएको थियो ।

भारतबाट निरन्तर मूल्य घटेर आएपनि नेपालमा भने आयल निगमले मूल्य घटाएको छैन् । निगमका अनुसार हालको मूल्यलाई यथावत राख्दा पेट्रोलमा अब निगमलाई प्रतिलिटर ४ रुपैयाँ नाफा हूँदैछ भने, डिजलमा प्रतिलिटर ५ रुपैयाँ घाटा रहेको छ ।

समग्रमा अब निगमको १५ दिनको नोक्सान ३१ करोडमा झरेको छ । यसअघिको नोक्सानीका कारण भारतीय आयल कर्पोरेसनलाई निमगले अझैं २४ अर्ब तिर्नुपर्ने दायित्व छ ।

Logo