बाबा रामदेव ब्राण्ड न्यू एक्सयूभी ७०० मा घुमिरहेको भिडियो भाइरल

बाबा रामदेव ब्राण्ड न्यू एक्सयूभी ७०० मा घुमिरहेको भिडियो भाइरल

केन्द्रबिन्दु
0
Shares

सामाजिक सञ्जालमा योग गुरु बाबा रामदेव ब्राण्ड न्यू एक्सयूभी ७०० मा घुमिरहेको भिडियो सार्वजनिक भएको छ । 

बाबा रामदेवले आफ्नो भवनको कम्पाउन्ड भित्र नयाँ महिन्द्रा एक्सयूभी ७०० परीक्षण गरेको भिडियो सार्वजनिक भएको हो । 

बाबा रामदेवले ड्राइभ गर्दै गरेको महिन्द्रा एक्सयूभी ७०० मोडल प्यानोरामिक सनरुफ सहितको टप–इन्ड ट्रिम जस्तो देखिन्छ । यो भन्दा अघि बाबा रामदेव ज्यागुअर एक्सजेएलमा देखिएका थिए ।

रामदेव आफ्ना साथीसँग नयाँ कारमा घुमिरहेको देखिएको थियो । यद्यपि यो पुरानो भिडियो भए पनि इन्टरनेटमा भाइरल भएको छ । बाबा रामदेवले पहिलो पटक कार चलाएको देखिएको थियो ।

महिन्द्रा एक्सयूभी ७०० मा २.०–लिटर ४–सिलिन्डर टर्बोचाज्र्ड २००पीएस पेट्रोल इन्जिन र २.२–लिटर ४–सिलिन्डर १५५ पीएस डिजेल इन्जिन रहेको छ ।

बाबा रामदेवको भिडियो यो भन्दा पहिले अन्य मोडलमा पनि देखिएको थियो । उनी हिरो इम्पल्समा पनि देखिसकेका छन् र पछि डुकाटी स्क्रायाम्बलरमा सद्गुरुसँग देखिएका थिए ।

Skip This
Skip This
Logo