स्मार्टच्वाइस टेक्नोलोजिज र आईसीएफसी फाइनान्सबीच स्मार्ट क्यूआर प्रयोगमा ल्याउने सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र आईसीएफसी फाइनान्सबीच स्मार्ट क्यूआर प्रयोगमा ल्याउने सम्झौता

केन्द्रबिन्दु
0
Shares

आईसीएफसी फाइनान्स लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यावसायिक सम्झौता भएको छ।

सेवा विविधीकरणको यो नयाँ आयामपश्चात आईसीएफसी फाइनान्सका ग्राहकले कम्पनीको मोबाइल बैंकिङ एप (आईसीएफसी फाइनान्स स्मार्ट) प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआरमार्फत गर्न सक्नेछन्। 

सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन्।

 

Skip This
Skip This
Logo