नेपाल लाइफ इन्स्योरेन्स २१ औं वर्षमा प्रवेश

नेपाल लाइफ इन्स्योरेन्स २१ औं वर्षमा प्रवेश


नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ । 

देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र उत्कृष्ट लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएका छौं, कम्पनीले जनाएको छ ।

देशले भोगिरहेको यस विषम परिस्थितिको सामना गर्न अग्रपंक्तीमा रही निरन्तर सेवामा लागिरहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, चालकवर्ग, खाद्यान्यलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने सबैलाई उच्च सम्मान प्रकट गर्दछौं, कम्पनीले जारी गरेको विज्ञप्तीमा जनाएको छ ।

२१ औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई यो उचाइसम्म ल्याई पुर्याउनमा निरन्तर विश्वासका साथै सदैव साथ एवं उचित मार्गनिर्देश दिने नियमनकारी निकाय, संचालक समिति, शेयरधनी लगायत सबैमा हार्दिक कृतज्ञताका साथै धन्यवाद व्यक्त गरे । 

प्रमुख कार्यकारी अधिकृत प्रसाईले आगामी दिनमा सबैको सहयोग, सद्भाव र मार्गदर्शनको निरन्तरताको अपेक्षा गर्दै अटुट विश्वास र अथाह स्नेहका साथ कम्पनी र सेवाग्राहीबीचको मजबुत सम्बन्ध रहने प्रतिवद्धता व्यक्त  गरे ।

नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ ।

यस कम्पनी जीवन बीमा क्षेत्रमा हरेक सूचकांकले अब्बल सावित भएको छ ।  कम्पनीमा सर्वाधिक लगानी रु. १११.४७ अर्ब रुपैयाँ रहेको छ भने सर्वाधिक जीवन बीमाकोष रु. १०१ अर्ब २८ करोड रुपैयाँ र सर्वाधिक शेयरधनी कोष रु. ८ अर्ब ८५ करोडभन्दा बढी रहेको छ । कम्पनीको सर्वाधिक चुक्ता पूँजी रु. ७.१९ अर्ब भन्दामाथि रहेको छ ।

Logo