क्षितिज इन्टरनेशनल कलेजले जित्यो शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन-१ को उपाधि

क्षितिज इन्टरनेशनल कलेजले जित्यो शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन-१ को उपाधि


शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन -१ सफलतापूर्वक सम्पन्न गरेको छ । 

रुपन्देही र कपिलवस्तुका ११ वटा व्यवस्थापन संकायका कलेजका ५२ जना स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए । जसमा विद्यार्थीहरुले “SWOT Analysis of Shine Resunga Development Bank Limited” विषयमा निर्णायकहरुको उपस्थितीमा आ–आफ्नो प्रस्तुति राखेका थिए । इलभ वान स्क्वायर कन्सल्ट गतिले प्रतियोगितालाई भिजुअल पार्टनरको रूपमा सहयोग गरेको थियो।

त्यसपछि द एसआर होटल, ड्राइभरटोल रुपन्देहीमा आयोजित एक औपचारिक कार्यक्रममा प्रतियोगिताको विजेता घोषणा गरिएको थियो । समाराेहमा क्याम्पसका क्याम्पस प्रमुखहरु, कार्यक्रम संयोजकहरु र बिद्यार्थीहरु सहभागी थिए ।  

सहभागीहरुमध्ये क्षितिज इन्टरनेशनल कलेजका तर्फबाट बीबीए–बीआईका विद्यार्थीहरू क्रमशः प्रमिश राई बान्तवा, प्रियंका अर्याल, सुमित प्रसाद काशौधन र प्रशंसा अधिकारीको टोली सिजन–१ बिजेता घोषणा भएका थिए । 

त्यसैगरी, लुम्बिनी बाणिज्य क्याम्पसका तर्फबाट बीबीएका विद्यार्थी क्रमशः गणेश सुवेदी, कृति न्यौपाने, रक्षा श्रेष्ठ र सन्तोष न्यौपानेको टोली फस्ट रनरअप भएका थिए भने कपिलवस्तु बहुमुखी क्याम्पसका तर्फबाट बीबीएसका विद्यार्थीहरु क्रमशः सन्तोष कुमार विश्वकर्मा, ओमकार मिश्र, गुडिया अग्रहरी र निशा गुप्ताको टोली सेकेन्ड रनर अप घोषित भए । 

विजेता टिमका सदस्यहरुलाई नगद १५ हजार, ट्रफी, स्वर्ण पदक, प्रशंसा पत्र र आकर्षक उपहार, सेकेन्ड रनर अप टिमका सदस्यहरुलाई नगद १० हजार, ट्रफी, रजत पदक, प्रशंसा पत्र र आकर्षक उपहार त्यसैगरी तेस्रो टिमका सदस्यहरुलाई नगद पाँच हजार, ट्रफी, कांस्य पदक, प्रशंसा पत्र र आकर्षक उपहार सहित क्रमशः पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसनमा एक्सिस कलेज, एम्स कलेज, बुटवल मोडल कलेज, बुटवल कालिका क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, सिद्धार्थ इन्टरनेशनल कलेज, लुम्बिनी बाणिज्य क्याम्पस, क्रिमसन कलेज अफ टेक्नोलोजी, साई ग्लोबल कलेज, क्षितिज इन्टरनेशनल कलेज र कपिलवस्तु बहुमुखी क्याम्पस सहित ११ वटा कलेजहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लोक राज पनेरुले यस प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य विद्यार्थीहरुलाई कर्पोरेट संसार परिचित गराउनु र विद्यार्थीहरूलाई भविष्यको रोजगारी र उद्यमशीलता अवसरहरूको लागि तयार पार्नु रहेको बताए । साथै, बैंकले आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु आयोजना गर्न प्रतिबद्ध रहेको उनकाे भनाइ थियाे । 

Logo