कर्णालीमा यो वर्ष पुस्तक अभाव नहुने

कर्णालीमा यो वर्ष पुस्तक अभाव नहुने

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशमा बर्सेनि पाठ्यपुस्तक अपुग हुने गरेको छ । गत वर्ष वार्षिक परीक्षाको समयसम्म पनि सबै विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको थिएन तर यस वर्ष भने विद्यार्थीलाई समयमै पुस्तक बाँड्ने गरी तयारी भएको छ । 

पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतले नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै मागअनुसारका पुस्तक गोदाममा ल्याइसकेको जनाएको छ । 

कार्यालयका अनुसार मुगुका दुईवटा स्थानीय तहबाट पुस्तकका लागि सम्पर्कमा आएका छैनन् भने अन्यले लगिसकेका छन् । जुम्ला र कालीकोटमा पनि पुस्तक गइसकेको छ । 
 

Logo