कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने ३ जना केन्द्राध्यक्षलाई बोर्डले गर्‍यो कारबाही

कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने ३ जना केन्द्राध्यक्षलाई बोर्डले गर्‍यो कारबाही


राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा मर्यादा विपरीत कार्य गर्ने तीन जना केन्द्राध्यक्षहरुलाई कारबाही गरेको छ ।बोर्डले एक जनालाई बर्खास्त गरेको छ भने दुई जनालाई सचेत गराएको छ ।

बोर्डले टेक्सास इ मा.वि, मित्र पार्क, काठमाडौँ केन्द्र परीक्षाको मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई बर्खास्त गरिएको हो भने, कैलाश कुट बहुमुखी क्याम्पस, मित्र पार्क, काठमाडौँ र कुमारी आवासीय मा.वि, बौद्ध, काठमाडौँका केन्द्राध्यक्षलाई उचित परीक्षाको वातावरण कायम गर्न नसकेको भन्दै सचेत गराएर छोडेको हो ।

Logo