२१ विद्यालयका ४५० विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

२१ विद्यालयका ४५० विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान


लुनिभाः वाल सरोकार समूहले २१ विद्यालयका ४ सय ५० वालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । 

ललितपुरका शनिबार आयोजित कार्यक्रममा ललितपुर क्षेत्र नं–३ ख का प्रदेश सभा सदस्य प्रेमभक्त महर्जनले सामग्री हस्तान्तरण गरेका थिए । लुनिभाःको वार्षिक भेलामा २१ विद्यालयका ४ सय ५० गरीब र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । संस्थाले वार्षिक भेला आयोजना गरी शैक्षिक सहायता कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री वितरण गरेको हो ।

कार्यक्रममा ललितपुर प्रदेश सांसद महर्जनले वालवालिकाको शैक्षिक उन्नयनको लागि लुःनिभाःले उल्लेखनीय योगदान गरेको बताए । उनले भने–विपन्न वालवालिकालाई सहयोग गर्नु सबैको कर्तब्य हो, लुनिभाले सो कर्तब्य पूरा गरेको छ । २५ वर्ष अघि स्थापना भएको संस्थाले सयौ वालवालिकालाई गरेको सहयोग प्रशंसनीय छ । 

फरक प्रसंगमा उनले आदर्श शौल युवक माविलाई प्रदेश सरकार र आफ्नो तर्फबट बजेट व्यवस्थापन गर्ने बताए । 

कार्यक्रममा आदर्श शौल युवक माविका प्रधान अध्यापक ज्ञानभक्त महर्जनले लुनिभाले गरेको कामको प्रसंसा गर्दै यस किसिमको सहयोग निरन्तर जारी राख्नुपर्ने बताए । उनले आर्थिक संकटको कारण अभिभावकलाई ठूलो समस्या परेको उल्लेख गर्दै त्यसको असर यो विद्यालयमा समेत परेको उल्लेख गरे । 

कार्यक्रममा लुनिभाका कार्यकारी निर्देशक नरेन्द्र डंगोलले संस्थाले मुलुकको दुर्गम जिल्लाका वालवालिका लक्षित कार्यक्रम संचालन जारी राखेको जानकारी गराए । एसईई उत्तीर्ण करिब १ सय ५० बढी विद्यार्थीलाई छात्रवृति दिएको उल्लेख गर्दै विद्यार्थी लक्षित कार्यक्रमलाई थप व्यवस्थित गरेको बताए । 

लुनिभाका कार्यक्रम व्यवस्थापक सन्तराम डंगोलले २५ वर्षअघि स्थापना भएको संस्थाले सयौ वालवालिकाको शैक्षिक उन्नयनमा सहयोग जारी राखेको बताए । सन् १९९७मा स्थापना भएको लुनिभाले सामुदायिक विद्यालय र विपन्न विद्यार्थीलाई निरन्तर सहयोग गर्दै आएको छ ।

Logo