देशभरका उत्कृष्ट सामुदायिक विद्यालयहरु

देशभरका उत्कृष्ट सामुदायिक विद्यालयहरु


शैक्षिक परिणाम र व्यवस्थापकिय पक्षलाई अध्ययन गरेर हेर्दा पछिल्लो समयमा सामुदायिक विद्यालयहरुको अवस्था पनि धेरै नै सुधारिँदै गएको देखिन्छ । राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको ‘एनइबी रिजल्ट एट अ ग्लान्स’ का अनुसार केहि सामुदायिक तथा सामुदायिक मिसनरिज विद्यालयहरुको शैक्षिक परिणाम उत्कृष्ट छ । भक्तपुरको ख्वप मावि, पोखराको अमर सिंह मावि यसका उदाहरण हुन् । त्यसैले आफ्नो नजिकको सामुदायिक विद्यालय उत्कृष्ट छ भने विद्यार्थीले पहिलो प्राथमिकतामा सामुदायिक विद्यालयलाई राख्नुपर्ने हुन्छ । व्यवस्थापकिय पक्ष सुधारेर उत्कृष्ट फ्याकल्टी सहित एकेडेमिक क्यालेन्डर फलो गर्दा सामुदायिक शैक्षिक संस्थाले प्रगती गर्न सक्छन् । विद्यार्थीको आकर्षण यि शैक्षिक केन्द्रमा पनि हुन्छ भन्ने आधार तल उल्लेख गरिएका २० सामुदायिक उमाविले प्रष्ट पार्छन् । तल उल्लेखित लिष्ट -याङ्किङ बेसमा नभई उत्कृष्ट २० लाई समावेश गरिएको हो ।

१. सेन्ट जेभियर्स कलेज, माईतिघर/जावलाखेल

नेपालको शैक्षिक इतिहासमा ७२ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको शैक्षिक संस्था हो सेन्ट जेभियर्स । जीवनउपयोगी शैक्षिक पाठ्यक्रम र सरल अध्यापन शैली अपनाएको यो कलेजमा सौहार्दपूर्ण वातावरणमा पढाईं हुँदै आएको छ । गुणस्तरीय फ्याकल्टी, आधुनिक प्रयोगशाला, आन्तरिक परीक्षाजस्ता कुरामा सेन्ट जेभियर्सले विशेष ध्यान दिने गरेको छ । शिक्षक विद्यार्थीबीचको सुमधुर सम्बन्धले पनि यो कलेज सबै अभिभावकमाझ प्रिय छ । 

जीवनउपयोगी शैक्षिक पाठ्यक्रम र सरल अध्यापन शैली अपनाएको यो कलेजमा सौहार्दपूर्ण वातावरणमा पढाईं हुँदै आएको छ ।

कक्षा ११ मा विज्ञान संकाय मात्र अध्यापन हुने सेन्ट जेभियर्सले मेरिटका आधारमा हजारौं विद्यार्थीबाट भर्ना लिने गरेको छ । कक्षा ११ मा विज्ञान संकाय मात्र अध्यापन हुने सेन्ट जेभियर्सले मेरिटका आधारमा हजारौं विद्यार्थीबाट भर्ना लिने गरेको छ । अतिरिक्त क्रियाकलाप र काउन्सिलिङमा समेत उत्तिकै ध्यान दिँदै आएको यस संस्थाले नियमित आन्तरिक परीक्षा लिने गरेको छ । 

२. ख्वप मावि,भक्तपुर


भक्तपुरमा रहेका सामुदायिक विद्यालयको भिडमा सवैभन्दा सफल र चर्चित कलेज हो ख्वप कलेज अफ इन्जिनियरिङ । सांस्कृतिक शहर भक्तपुरको केन्द्रमा रहेको यो कलेज भक्तपुर नगरपालिकाद्वार सञ्चालित छ । सस्तो मूल्यमा इन्जिनियर बन्न चाहनेहरुका लागि उपयुक्त गन्तव्य बन्दै आएको यो कलेज प्रविधिको हिसाबमा पनि उच्चकोटीको शैक्षिक संस्था हो । 

न्यून आय भएका विद्यार्थी अध्ययन गर्न सक्ने यो कलेजले पराम्परागत प्रविधि र सामग्रीको संरक्षण गर्दै आधुनिक युगमा समयसापेक्ष अध्यापन गराउने गरेको छ ।

प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बजारमा न्यून आय भएका विद्यार्थी अध्ययन गर्न सक्ने यो कलेजले पराम्परागत प्रविधि र सामग्रीको संरक्षण गर्दै आधुनिक युगमा समयसापेक्ष अध्यापन गराउने गरेको छ ।  सिभिल, कम्प्युटर र इलेक्ट्रिकल इन्जिनियरिङ विषयको अध्यापन हुने यो कलेजले कक्षा ११ र १२ मा विज्ञान र मानविकीमा भर्ना लिने गरेको छ । सुविधा सम्पन्न अत्याधुनिक भवन, खुल्ला र पर्याप्त खेल मैदान, शान्त र स्वच्छ वातावरणले पनि अध्ययन गर्न चाहाने विद्यार्थीलाई प्रेरित गर्ने गरेको छ । कलेजले जेहेन्दार तथा न्युन आय भएका विद्यार्थीलाई प्राप्त माक्र्सका आधारमा शतप्रतिशतसम्म छात्रवृत्तिको व्यवस्थासमेत गरेको छ ।  

३.  अमरसिंह मावि, पोखरा


एउटा इतिहास बोकेको शैक्षिक संस्था हो, अमरसिंह नमुना उच्च मावि । शैक्षिक क्षेत्रमा योगदान पुर्याउँदै स्वर्णिम दिन पार गरेको यो उच्च मावि २०१३ सालमा पोखराको रामघाटमा स्थापना भएको हो । विद्यालय तहदेखि नै अध्ययापन हुँदै उच्च माविसम्मको पढाइ हुने गरेको छ । दुई दशक भन्दा बढीको यात्रा तय गरेको यो उच्च माविले प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानवीकि र शिक्षा संकायमा अध्यापन हुँदै आएको छ । 

याे २०६२, २०६४ र २०६५  सालमा पश्चिमाञ्चलमा उत्कृष्ट सामुदायिक उच्च मावि हुन सफल भएको थियो । त्यस्तै, २०६३ साल नेपालमै उत्कृष्ट सामुदायिक उच्च मावि हुन सफल भयो ।

यो उच्च माविबाट उत्तिर्ण गरेर गएका विद्यार्थी मेडिसिन, इन्जिनियरिंग, चाटर्ड एकाउन्टेन्सी लगायत प्रतिष्ठित क्षेत्रमा कार्यरत छन् । प्रभावकारी व्यवस्थापन, समर्पित अध्यापक, लगनशील विद्यार्थी र सुविधायुक्त भौतिक पूर्वाधार यो उच्च माविमा उल्लेखनीय आधारका रुपमा रहेको छ । यो उच्च माविलाई २०६१ सालमा नमुना उच्च मावि भनेर पश्चिमाञ्चल स्तरमा सम्मानित समेत गरिएको थियो । साथै, २०६२, २०६४ र २०६५  सालमा पश्चिमाञ्चलमा उत्कृष्ट सामुदायिक उच्च मावि हुन सफल भएको थियो । त्यस्तै, २०६३ साल नेपालमै उत्कृष्ट सामुदायिक उच्च मावि हुन सफल भयो । यो उच्च माविमा विद्यार्थीका लागि ल्याब, लाईबेरी, शैक्षिक भ्रमण लगायत अत्तिरिक्त क्रियाकलपामा समेत विद्यार्थीलाई सहभागी हुन कलेजले प्रोत्साहन गर्दै आएको छ । 

४.  नेपाल प्रहरी विद्यालय,काभ्रे

काठमाडौं उपत्यकासँगै काभ्रेको साँगामा २०४० सालमा खुलेको कलेज हो, नेपाल प्रहरी विद्यालय । आदर्श नागरिकका लागि राम्रो शिक्षा भन्ने मुल मर्मसहित सञ्चालनमा रहेको यस विद्यालयमा ६० प्रतिशत प्रहरी कर्मचारीका बालबालिका र ४० प्रतिशत गैरप्रहरी कर्मचारीका बालबालिकालाई अध्यापन गराउने गरिन्छ । 

शारीरिक शिक्षा र खेलकुदमा विशेष ध्यान दिने आवासीय विद्यालयमा कक्षा ११ मा व्यवस्थापन र विज्ञान विषयमा अध्यापन हुँदै आएको छ ।

नेपाल प्रहरीको कल्याणकारी कोषबाट सञ्चालनमा रहेको यो विद्यालयमा कक्षा चारदेखि स्नातकसम्मको अध्यापन हुँदै आएको छ । कक्षा ४, ९ र ११ मा मात्रै भर्ना पाइने प्रहरी विद्यालयमा अनुशासनको उच्चतम नमुना देख्न पाइन्छ । शारीरिक शिक्षा र खेलकुदमा विशेष ध्यान दिने आवासीय विद्यालयमा कक्षा ११ मा व्यवस्थापन र विज्ञान विषयमा अध्यापन हुँदै आएको छ । स्नातकमा कम्प्युटर इन्जिनियरिङ विषय अध्यापन गराउने यो विद्यालय पूर्वाधारमा सम्पन्न छ । स्वच्छ वातावरण, पर्याप्त खेल मैदान, छात्रवासको व्यवस्था यसका विशेषता हुन् । साँगामा केन्द्रीय विद्यालय रहेको नेपाल प्रहरी स्कुलका विभिन्न ठाउँमा ७ वटा अन्य विद्यालय पनि सञ्चालनमा छन् ।  

५. सैनिक महाविद्यालय, भक्तपुर 


नेपाली सेना कल्याणकारी कोषको संयोजकत्वमा सञ्चालित शैक्षिक संस्था हो, सैनिक आवासीय महाविद्यालय । भक्तपुरको सल्लाघारीमा रहेको यो कलेज २०३५ सालदेखि निरन्तर शैक्षिक सेवामा समर्पित छ । तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद् एचएसईबीको मान्यता पाएपछि महाविद्यालयले २०६० सालदेखि व्यवस्थापन संकायमा अध्ययन अध्ययन थालेको थियो । त्यसको ६ वर्षपछि मानविकी र विज्ञानको समेत पठनपाठन सुरु गरेको महाविद्यालयले सैनिक र सर्वसाधारणका छोराछोरीलाई सस्तो मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । 

मेरिटका आधारमा हुने छनोटले देशका हरेक जिल्ला र गाउँबाट महाविद्यालय पढ्न विद्यार्थीका लागि सहज हुने गरेको छ । कक्षा ६ देखि स्नातकसम्मको अध्यापन हुने सैनिक महाविद्यालयले उत्कृष्ट अध्ययन शैली अपनाएको छ । अनुशासित कलेजको उपमा पाएको यो महाविद्यालयमा अत्याधुनिक भौतिक पूर्वाधार, पर्याप्त खेल मैदान, अनुभवी प्राध्यापक छन् । शैक्षिक क्षेत्रमा मात्र नभई यो कलेजले खेलकुदसहित क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । 

६.  एसओएस, भक्तपुर


भक्तपुरको मध्यपुर थिमीमा रहेको एसओएस हर्मेन जिमेनियर स्कुल गैर नाफामुलक शैक्षिक संस्था हो । असहाय र गरिब विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुगोस् भनेर सन् १९७३ मा स्थापना भएको यो स्कुलले मात्र ७५ जना विद्यार्थीबाट प्राथमिकतहको कक्षा सुरु गरेको थियो । विद्यार्थीहरुले पहिलो पटक सन् १९९१ मा एसएलसी लेखेपछि एसओएसले सन् १९९८ मा विज्ञान विषयमा केन्द्रित रहेर कक्षा ११ र १२ को कक्षा सुरु गरेको थियो । कक्षा ११ मा अध्ययनका लागि आफ्नै २५ प्रतिशत विद्यार्थीलाई प्राथमिकता दिने यो विद्यालयमा हरेक वर्ष १५० नयाँ विद्यार्थीले उच्चमाविमा भर्ना लिने गरेका छन् । 

आधुनिक भौतिक पूर्वाधार, उपयुक्त शैक्षिक वातावरण, पर्याप्त खेल मैदानले पनि एसओएसलाई अब्बल शैक्षिक संस्थाका रुपमा स्थापित गराएको छ ।

शान्त र मनोरम वातावरण भएको यो विद्यालयमा नसरीदेखि कक्षा १२ सम्म हजारबढी विद्यार्थी अध्ययरत छन् । सन् २०१८ को राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा देशैभरका संस्थागत विद्यालयमा पहिलो भएर एसओएसले आफू अब्बल भएको प्रमाणित गरेको छ । आधुनिक भौतिक पूर्वाधार, उपयुक्त शैक्षिक वातावरण, पर्याप्त खेल मैदानले पनि एसओएसलाई अब्बल शैक्षिक संस्थाका रुपमा स्थापित गराएको छ । अभिभावक नभएका विद्यार्थीका लागि एसओएसले परिवारिक वातावारण दिन्छ, भविष्य अन्धकार भएका बालबालिका लागि एसओएसले बाटो देखाउँछ । जीवनमा सफल हुन हरपल प्रेरित गर्दै उच्च  शिक्षा प्रदान गर्ने एसओएसले उच्च शिक्षाका लागि सधैं प्रेरित गर्दै आएको छ । 

७. कालिका मावि, बुटवल 
बुटवलमा रहेको नेपालकै नमुना विद्यालयका रूपमा कहलिएको कालिका मावि, सामुदायिकतर्फको अब्बल शिक्षण संस्था हो । अंग्रेजी माध्यम, शिक्षण र शैक्षिक पद्धतिमा सुधार ल्याएपछि यी सामुदायिक विद्यालयमा भर्ना हुन निजी स्कुलका विद्यार्थीसमेत आउने गरेका छन् । नयाँ शैक्षिक सत्रमा भर्नाका लागि प्रवेश परीक्षा दिएकामध्ये कालिकामा एक हजार पाँच सय विद्यार्थीले भर्ना हुन पाएनन् । 

अंग्रेजी माध्यम, शिक्षण र शैक्षिक पद्धतिमा सुधार ल्याएपछि यी सामुदायिक विद्यालयमा भर्ना हुन निजी स्कुलका विद्यार्थीसमेत आउने गरेका छन् ।

८.  विश्व निकेतन मावि, त्रिपुरेश्वर

No photo description available.

विं.स २००३ मा स्थापना भएको विश्व निकेतन माध्यमिक विद्यालय सामुदायिक विद्यालयकै उत्कृष्टमा गनिन्छ । कक्षा १ देखि स्नातकसम्मको पढाइ हुने गरेको विश्व निकेतनले सामुदायिक विद्यालयहरूको स्तर खस्कँदै गएको भन्ने कुरालाई गलत ठहराएको छ । 

हरेक वर्ष कक्षा १ देखि १० सम्म भर्ना खुल्दा ७५ प्रतिशतभन्दा बढी विद्यार्थी निजी विद्यालयका आउने गरेका छन् ।

हरेक वर्ष कक्षा १ देखि १० सम्म भर्ना खुल्दा ७५ प्रतिशतभन्दा बढी विद्यार्थी निजी विद्यालयका आउने गरेका छन् । यस्तै कक्षा ११ देखि १२ मा १ हजार विद्यार्थीको भर्ना खोल्दा हजार भन्दाबढी विद्यार्थी प्रवेश परीक्षामा सामेल हुन्छन् । यहाँ ११ र १२ कक्षामा विज्ञान, कानून, मानविकीको पढाई हुने गरेको छ ।

९.  बज्रबाराही मावि, चापागाउँ

विद्यार्थी, व्यवस्थापन, अभिभावक र शुभचिन्तकहरूकोे सहयोगले सुरु भएको यो ललितपुरको पहिलो सामुदायिक प्लस टु स्कुल हो । जसले विद्यार्थीको मागलाई सम्मान गर्दै विज्ञान कार्यक्रम सुरु गरेको छ ।

बज्रबाराही माविले उच्च माध्यमिक शिक्षा बोर्डसँग सम्बन्धन लिएर २०६४/०६५ देखि विज्ञान र व्यवस्थापनमा प्लस टु कार्यक्रम सुरु गरेको छ । विद्यार्थी, व्यवस्थापन, अभिभावक र शुभचिन्तकहरूकोे सहयोगले सुरु भएको यो ललितपुरको पहिलो सामुदायिक प्लस टु स्कुल हो । जसले विद्यार्थीको मागलाई सम्मान गर्दै विज्ञान कार्यक्रम सुरु गरेको छ । बज्रबाराही माविले “गुणवत्ता शिक्षा, प्राविधिक र शैक्षिक उत्कृष्टता“ प्रदान गर्ने नाराका साथ गुणस्तरीय शिक्षा प्रदान गदै आएको छ । 

१०. जनज्योती मावि, सुर्खेत 
विद्यालयको नतिजा, विद्यार्थीको उपस्थिति, पूर्वाधार विकास, विद्यालय व्यवस्थापन समितिको गतिविधिलगायतका पक्षहरूको मूल्यांकन गरेर जनज्योती माध्यमिक विद्यालयलाई नमुना विद्यालयका रुपमा छनौट गरिएको हो । विद्यार्थी र अभिभावकसँग परामर्श गर्न हेल्पडेस्क स्थापना, विद्यार्थीको समस्यालाई निरन्तर निगरानी गर्ने, उनीहरूको मनोविज्ञान बुझेर अध्यापन गराउने, प्रशासनिक कामलाई व्यवस्थित र शैक्षिक कामलाई गुणस्तरीय बनाउन विद्यालय लागि परेको छ ।

११. पब्लिक स्कुल, धरान

धरानमा रहेको पब्लिक हाईस्कुल नमुना विद्यालयमा छनोट भएको तीन वर्ष भयो । यहाँ हाल लगभग ३ हजार ३०० विद्यार्थी अध्ययनरत छन् । नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा अंग्रेजी माध्यममै पढाइ हुन्छ । कक्षा ८ देखि १२ सम्म नेपाली माध्यममा पनि पढाइ हुँदै आइरहेको छ । शिक्षा, व्यवस्थापन, मानविकी, विज्ञान र टेक्निकल इन्जिनियरिङ गरी पाँच वटा फ्याकल्टीमा पढाइ हुँदै आइरहेको यस विद्यालयमा प्लस टुमा मात्रै १५ सय विद्यार्थी अध्ययनरत छन् । यस वर्ष मात्र अन्य विद्यालयबाट यहाँ भर्ना हुन आउने विद्यार्थी संख्या ६०० भन्दा बढी छ ।

शिक्षा, व्यवस्थापन, मानविकी, विज्ञान र टेक्निकल इन्जिनियरिङ गरी पाँच वटा फ्याकल्टीमा पढाइ हुँदै आइरहेको यस विद्यालयमा प्लस टुमा मात्रै १५ सय विद्यार्थी अध्ययनरत छन् ।

१२. देवि मावि, विर्तामोड
विर्तामोडमा रहेको देवि माध्यमिक विद्यालयमा योग्य र दक्ष विद्यार्थी उत्पादन गर्ने उद्देश्यले विसं २०१९ देखि प्राथमिक देखि उच्च माध्यमिक तह सम्मको शिक्षा प्रदान गर्दै आएको छ । नेपाली र अंग्रेजी माध्यममा पठन पाठन हुने यस विद्यालयमा व्यवस्थापन, मानविकी र शिक्षा संकायमा पढाई हुँदै आएको छ ।   

१३.  पोखरिया मावि, विराटनगर

विराटनगरमा रहेको पोखरिया माविले २०७१ सालको एसएलसीमा अंगे्रजी माध्यमतर्फ शतप्रतिशत नजिता हासिल गर्न सफल भयो । प्रदेश १ कै नमुना सामुदायिक विद्यालयका रुपमा रहेको विद्यालयले अंग्रेजी माध्यमसँगै प्राविधिक शिक्षा, प्रविधिमैत्री पठनपाठन, प्राथमिक उपचारका लागि नर्सको व्यवस्था, ‘आईसीटी बेस्ड लर्निङ’ विधि अपनाएको छ । पोखरियाले उच्च शिक्षातर्फ प्लस टुमा विज्ञान, व्यवस्थापन, कम्प्युटर इञ्जिनियरिङ विषयमा पठनपाठन गराउँदै आएका छ । 

पोखरिया माविले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट शिक्षा दिँदै आएको छ ।

१४. पद्मोदय मावि, दाङ

दाङमा रहेको गुणस्तरीय शिक्षा र भौतिक सुविधाले सम्पन्न पद्मोदयमा प्रत्येक वर्ष विद्यार्थीको भर्ना दर बढिरहेको छ । प्ले ग्रुपदेखि कक्षा १२ सम्म सञ्चालित पद्मोदयमा विद्यार्थीको चापलाई व्यवस्थापन गर्न आधारभूत तहका कक्षालाई करिब ३७ वटा शाखामा बाँडिएको छ । विद्यार्थी, अभिभावकको चाहनालाई ध्यानमा राखेर प्ले ग्रुपदेखि कक्षा १२ सम्म अंग्रेजी माध्यमबाट पढाई सञ्चालन गरेको र कक्षा ६ देखि १२ सम्म नेपाली माध्यमबाट पनि पढाइ भइरहेको छ । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा, इलेक्टिक इञ्जिनियरिङ, जुनियर कम्प्युटर इञ्जिनियरिङ, कम्प्युटर इञ्जिनियरिङ, सोसल मुभिलाइजर लगायतका विषय सञ्चालित छन् । 

प्ले ग्रुपदेखि कक्षा १२ सम्म सञ्चालित पद्मोदयमा विद्यार्थीको चापलाई व्यवस्थापन गर्न आधारभूत तहका कक्षालाई करिब ३७ वटा शाखामा बाँडिएको छ ।

१५.  ज्ञानोदय मावि, बाफल काठमाडौं

काठमाडौंको बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालय शिक्षा क्षेत्रकै उत्कृष्ट नाम हो । व्यावहारिक सिकाई र आधुनिक प्रयोगशाला ज्ञानोदयको विशेषता हो । यस विद्यालयमा हरेक वर्ष कम्तीमा चार सय जना विद्यार्थी थपिन्छन । २०५२ साल यताको एस.एल.सी. र हालको एसइईमा उत्तीर्ण नतिजा शतप्रतिशत रहेको छ ।

ज्ञानोदय मावि देशकै नमूना सामुदायिक स्कुलका रूपमा चिनिन्छ । हरेक वर्ष विद्यार्थी थपिनुको मुख्य कारण प्रविधिमैत्री शिक्षण, उच्चस्तरीय प्रयोगशाला र विद्यार्थीको राम्रो नतिजा नै हो ।

कक्षा ११ र १२ को नतिजा पनि लोभलाग्दो छ । ज्ञानोदय मावि देशकै नमूना सामुदायिक स्कुलका रूपमा चिनिन्छ । हरेक वर्ष विद्यार्थी थपिनुको मुख्य कारण प्रविधिमैत्री शिक्षण, उच्चस्तरीय प्रयोगशाला र विद्यार्थीको राम्रो नतिजा नै हो ।  विद्यालयमा आइसिटी प्रयोगशाला, होटल म्यानेजमेन्ट प्रयोगशाला र विज्ञान प्रयोगशाला रहेका छन् । प्रयोगशालामा विषयअनुसार सिकाई हुने हुँदा विद्यालय प्रति विद्यार्थीको चाहना पनि बढेको देखिन्छ ।

१६. वागिश्वरी मावि, भक्तपुर
भक्तपुरमा रहेको वागिश्वरी माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा साईन्स, व्यवस्थापन, मानविकी, शिक्षा, डिप्लोमा÷प्रि–डिप्लोमा इन सिभिल इन्जिनियरिङ आदि विषयमा पढाई हुने गरेको छ । 

१६.  वरुणेश्वर मावि, ओखलढुंगा
ओखलढुंगामा रहेको वरुणेश्वर मावि विं सं २००८ मा स्थापना भए पनि २०२५ देखि मात्र एसएलसी दिने मान्यता पाएको थियो । वरुणेश्वर माविले विं सं २०५० देखि कक्षा १२ सम्मको अनुमति लिएको हो । विद्यालयमा प्राविधिक समूहतर्फ कक्षा ९ देखि पशु विज्ञान पढाइ हुने गर्छ । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकायको पढाइ हुन्छ । विशेष कक्षाअन्तर्गत ६ बहिरा विद्यार्थी अध्ययनरत छन । विद्यालयमा शिक्षक अनुपस्थित भएका बेला विद्यार्थी स्वयंले श्रव्यदृश्य सामग्रीका माध्यमबाट ‘भर्चुअल क्लास’ लिने व्यवस्था गरिएको छ । 

१७.  बालमन्दिर मावि, कास्की
२०२४ सालमा स्थापना भएको वालमन्दिर माध्यमिक विद्यालयमा हरेक क्षेत्रबाट आउने गरिब र मेधावी विद्यार्थीहरूलाई अभिभावकत्व र आधारभूत शिक्षा प्रदान गर्न सफल भएको छ । राष्ट्रिय स्तरमा शैक्षिक उत्कृष्टताको गौरवशाली इतिहाससँगै विद्यालयले विज्ञान, व्यवस्थापन र शिक्षामा प्लटुका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । शैक्षिक कार्यक्रमहरू बाहेक, विद्यार्थीहरूलाई विभिन्न अतिरिक्त क्रियाकलापहरुमा पनि समावेस गराउँदै आएको छ । 

२०२४ सालमा स्थापना भएको वालमन्दिर माध्यमिक विद्यालयमा हरेक क्षेत्रबाट आउने गरिब र मेधावी विद्यार्थीहरूलाई अभिभावकत्व र आधारभूत शिक्षा प्रदान गर्न सफल भएको छ ।

१८.  सरस्वती मावि, सिन्धुली
सिन्धुलीमा रहेको सरस्वती माध्यमिक विद्यालय राष्ट्रिय परीक्षा बोर्डसँग सम्बद्ध रहेर प्लसटूतर्फ व्यवस्थापन, मानविकी र शिक्षा संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । 

१९. ओम मावि, रौतहट
रौतहटको सन्तपुरमा रहेको ओम माध्यमिक विद्यालय राष्ट्रिय परीक्षा बोर्डसँग सम्बद्ध रहेर प्लस टुका कार्यक्रमहरू प्रदान गर्दछ । यस विद्यालयमा कक्षा ११ र १२ मा मानविकी, शिक्षा र व्यवस्थापन संकायमा पढाइ हुने गर्दछ । एडुसञ्जलले कलेज तथा संस्थाहरूसँग पनि अभियान र कार्यक्रममार्फत शिक्षाको प्रवद्र्धनका लागि सहकार्य गर्दै आएको छ ।

२०. मस्टो सरस्वती मावि, कालिकोट
२०४५ सालमा स्थापना भएको कालिकोटमा रहेको मस्टो सरस्वती माध्यमिक विद्यालयले समुदायलाई केन्द्रीत गदै विद्यार्थीमैत्री अध्यापन गराउँदै आएको छ । व्यवस्थापन, मानविकी र शिक्षा संकायतर्फ अध्यापन गर्दैै आएको यो शैक्षिक संस्थाले व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ ।  

Logo