ललितपुरको बज्रबाराही मावि ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ बाट सम्मानित

ललितपुरको बज्रबाराही मावि ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ बाट सम्मानित


ललितपुरको चापागाउँमा रहेको बज्रबाराही माध्यमिक विद्यालय ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ बाट सम्मानित भएको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच सामुदायिकतर्फको अब्बल शिक्षण संस्था बज्रबाराही मावि उक्त अवार्डबाट सम्मानित भएको हो । 

बज्रबाराही माविले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।   

बज्रबाराही माविले विद्यार्थीको मागलाई सम्मान गर्दै विज्ञान कार्यक्रम सुरु गरेको छ । बज्रबाराही माविले ‘गुणवत्ता शिक्षा, प्राविधिक र शैक्षिक उत्कृष्टता’ प्रदान गर्ने नाराका साथ गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । 

Logo