काठमाडौं वर्ल्ड स्कुललाई बेस्ट इन्टरनेसनल स्टान्डर्ड कलेज अवार्ड

काठमाडौं वर्ल्ड स्कुललाई बेस्ट इन्टरनेसनल स्टान्डर्ड कलेज अवार्ड


भक्तपुर सूर्यविनायक नगरपालिकाको गुन्डुमा रहेको काठमाडौँ वर्ल्ड स्कुलले ‘बेस्ट इन्टरनेसनल स्टान्डर्ड कलेज अवार्ड, २०८०’ प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायमा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गरिरहेको काठमाडौँ वर्ल्ड स्कुललाई बेस्ट इन्टरनेसनल स्टान्डर्ड कलेज अवार्ड प्रदान गरिएको हो । 

काठमाडौँ वर्ल्ड स्कुलले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो । 

कक्षा १ देखि ५ सम्म बेलायतको इन्टरनेसनल प्राइमरी ‘करिकुलम’ अनुसार अध्यापन गराउँदै आएको यस स्कुलले ‘ए लेभल’ का साथै कक्षा ११ र १२ मा नेपाल परीक्षा बोर्डको पाठ्यक्रम अनुसार अध्यापन गराउँछ। 

यस स्कुलले ‘प्लस टु’मा विज्ञान र व्यवस्थापन संकाय सञ्चालनमा ल्याएको छ। अपाङमैत्री कक्षा कोठा, भौतिकदेखि प्राविधिक सुविधामा कुनै पनि कसर बाँकी नराखेको काठमाडौँ वर्ल्ड स्कुलमा हजार बढी विद्यार्थी अध्ययनरत छन् । 

Logo