मेरील्यान्ड कलेजलाई मस्ट कन्सिस्टेन्ट एकेडेमिक अवार्ड

मेरील्यान्ड कलेजलाई मस्ट कन्सिस्टेन्ट एकेडेमिक अवार्ड


विराटनगरको मेरील्यान्ड कलेजले ‘मस्ट कन्सिस्टेन्ट एकेडेमिक अवार्ड, २०८०’ प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच प्लस टु अध्ययनमा पूर्वकै उत्कृष्ट कलेजका रुपमा स्थापित मेरील्यान्डलाई मस्ट कन्सिस्टेन्ट एकेडेमिक अवार्ड प्रदान गरिएको हो । 

मेरील्यान्ड कलेजले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।

१५ सय हाराहारीमा विद्यार्थी अध्ययन गर्ने मेरील्यान्ड पटकपटक राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल कलेज पनि हो । प्लस टु अध्ययनमा पूर्वकै उत्कृष्ट कलेजका रुपमा स्थापित मेरील्यान्डमा प्रविधिमैत्री शिक्षा, नियमित आन्तरिक परीक्षा प्रणाली, आवश्यकताअनुसार अतिरिक्त कक्षा, प्रोजेक्ट वर्कलगायत गतिविधि पाउन सकिन्छ ।

Logo