युनाइटेड एकेडेमीलाई प्रेस्टिजिएस प्लस टु अवार्ड

युनाइटेड एकेडेमीलाई प्रेस्टिजिएस प्लस टु अवार्ड


ललितपुर कुमारीपाटीमा अवस्थित युनाइटेड एकेडेमीले किस्ट कलेजसँगै प्रेस्टिजिएस प्लस टु अवार्ड, २०८०’ संयुक्त रुपमा प्राप्त गरेको छ ।  

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच प्लस टूमा परिणामुखी नतिजा, अनुशासनलाई गहनाका रुपमा लिएको र कलेजको व्यवस्थापन पनि चुस्तदुरुस्त रहेको कारण युनाइटेड एकेडेमीलाई प्रेस्टिजिएस प्लस टु अवार्ड, २०८०’ प्रदान गरिएको हो । 

युनाइटेड एकेडेमीमा वैज्ञानिक विधिबाट पठनपाठन गराइने भएकाले उच्च शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो । 

सन् १९९७ मा खुलेको युनाइटेड एकेडेमीले देश तथा विदेशका विश्वविद्यालयमा विषयगत विज्ञता हासिल गर्न सफल कलेजका अध्यापकका कारण र विद्यार्थीको लगनशीलताका कारण कलेजले सतप्रतिशत नतिजा ल्याउन सफल छ । विद्यार्थीको क्षमता अभिवृद्धि तथा सिकाइको दायरा फराकिलो बनाउन पाठ्यक्रमसंगै सम्बन्धित गतिविधि तथा अतिरिक्त क्रियाकलापमा समेत कलेजले जोड दिएको छ । 

Logo