काठमाडौं बनहार्ट कलेजलाई आउट स्ट्याण्डिङ एजुकेसन अवार्ड

काठमाडौं बनहार्ट कलेजलाई आउट स्ट्याण्डिङ एजुकेसन अवार्ड


काठमाडौं बनहार्ट कलेजलाई ‘आउट स्ट्याण्डिङ एजुकेसन अवार्ड, २०८०’ प्रदान गरिएको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच शैक्षिक क्षेत्रमा पृथक पहिचान बनाएको काठमाडौं बनहार्टलाई आउट स्ट्याण्डिङ एजुकेसन अवार्ड प्रदान गरिएको हो । 

त्रिभुवन विश्वविद्यालयबाट क्यूएए मान्यता पाउने पहिलो कलेज काठमाडौं बर्नहार्टले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो । यो शिक्षण संस्थामा माध्यमिकदेखि स्नात्तोकत्तर तहसम्म अध्यापन हुँदै आएको छ । विश्वविद्यालय तहदेखि राष्ट्रिय परिक्षा बोर्डको परिक्षामा समेत अब्बल ठहरीएको छ, 
काठमाडौं बर्नहार्ट ।

नतिजामुखी परिणाम ल्याउन सफल काठमाडौं बनहार्टमा प्लस टुमा विज्ञान, व्यवस्थापन र मानविकी संकायमा अध्यापन हुँदै आएको छ । प्लस टुतर्फको शिक्षालाई व्यवहारिक बनाउन यो शिक्षण संस्थाले सैद्धान्तिकसंगै प्रयोगात्मक अभ्यासमा जोड दिँदै विद्यार्थी केन्द्रित सिकाईलाई प्राथमिकतामा राखेको छ । उच्च शिक्षा अध्ययनमा विद्यार्थीलाई मार्गनिर्देश होस् भनेर विद्यार्थीलाई कलेजले उपयुक्त परामर्श समेत दिँदै आएको छ । शिक्षण सिकाइका लागि यो कलेजमा उच्चस्तरको भौतिक संरचना, आधुनिक ल्याब, पुस्तकालय, पर्याप्त खेल मैदान, स्वस्थ किचेन विशेषताका रुपमा रहेका छन् ।

Logo